🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख बढी ठगी गर्ने चार जना प क्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ४१ वर्षीय मनोहर मुडभरीले एक व्यक्तिलाई मौरिसस पठाउने प्रलोभन देखाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ ।

उनलाई साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको हो । त्यसैगरी बाजुरा घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय अनिल मल्लले कम्बोडिया पठाउने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको भेटिएको छ । उनलाई साउन २० गते काठमाडौँको वडा नं. ११ बाट पक्राउ गरिएको हो ।

कास्की स्थायी घर भई हाल टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनारले रोमानिया पठाउने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौंको वडा नं. २६ बाट पक्राउ गरिएको हो ।

पाँचथर घर भई हाल काठमाडौं बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेलले युएई पठाउने प्रलोभन देखाई ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौंको वडा नं. ९ बाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यी व्यक्तिहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल गर्ने तर लामो समयसम्म नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ । पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *