🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तरकारी बोकेको ट्रक ८० मिटर तल खस्यो, सेनाले गर्‍यो चालक र सहचालकको उद्धार

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित आँपचौरमा तरकारी बोकेको ट्रक सडकबाट करिब ८० मिटर तल खस्दा चालक र सहचालक गम्भीर घाइते भएका छन्।

श्रावण २० गते भएको दुर्घटनामा ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने त्यसमा लोड गरिएका तरकारीका बोरा दुर्घटनास्थलमा छरिएका छन्।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको कालीप्रसाद गण (ई) बाट खटिएको टोली घटनास्थल पुगेको थियो। सेनाको टोलीले नेपाल प्रहरी तथा स्थानीयवासीसँगको सहकार्यमा कठिन भूगोलबाट गम्भीर घाइते चालक र सहचालकलाई उद्धार गरेको हो।

उद्धार गरिएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मकवानपुर पठाइएको छ। उनीहरूको परिचय तथा स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

ट्रक सडकबाट खस्नुको कारणसमेत खुल्न नसकेको र दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *