🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको हाहाकार !

सिरहा । सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन् ।

ग्यासको आपूर्ति अनियमित भएपछि दैनिक खाना पकाउन समेत समस्या भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । कतिपय उपभोक्ताले घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा वितरण भइरहेको जनाइएको छ ।

ग्यास अभावका कारण गृहिणी, होटल तथा रेस्टुरेन्ट व्यवसायीसमेत समस्यामा परेका छन् । उपभोक्ताले नियमित र पर्याप्त ग्यास आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यता, ग्यासको अभाव कहिलेसम्म रहने भन्नेबारे सम्बन्धित डिलर तथा सरोकारवाला निकायबाट स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन । उपभोक्ताले कृत्रिम अभाव भए त्यसको छानबिन गरी सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *