🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेप्सेमा सामान्य सुधार, परिसूचक ४.७९ अंकले बढ्दा साढे चार अर्बको कारोबार

काठमाडौं । साताको कारोबारमा बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा सम्हालिँदा नेप्से परिसूचक ४.७९ अंक अर्थात् ०.१८ प्रतिशतले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ बिन्दुमा पुगेको हो।

कारोबारको प्रारम्भमा नेप्से परिसूचक करिब २ हजार ६ सय ६७ बिन्दु आसपास रहेको थियो। त्यसपछि बजारमा तीव्र उतारचढाव देखियो। कारोबारको मध्य समयमा परिसूचक उकालो लाग्दै २ हजार ६ सय ७० बिन्दुभन्दा माथि पुगे पनि उक्त वृद्धि टिक्न सकेन।

दिउँसो करिब पौने दुई बजेदेखि बिक्री दबाब बढ्दा परिसूचक पुनः ओरालो लागेको थियो। त्यसपछि केही सुधार आएको बजार कारोबारको अन्तिम समयमा २ हजार ६ सय ६७ दशमलव ९७ बिन्दुमा पुगेर बन्द भएको हो। कारोबार अवधिमा नेप्से करिब २ हजार ६ सय ५४ देखि २ हजार ६ सय ७३ बिन्दुको बीचमा चलायमान देखिएको थियो।

बुधबार ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४ सय ५७ रुपैयाँ ७१ पैसा बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा १ करोड ६ लाख ७ हजार ७ सय ३२ कित्ता सेयर खरिद–बिक्री भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये १ सय २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४३ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। नेप्से परिसूचक बढे पनि मूल्य घट्ने कम्पनीको संख्या बढ्नेभन्दा २१ वटाले बढी देखिएको छ।

समग्र परिसूचक सकारात्मक रहे पनि बजारको आन्तरिक अवस्था भने मिश्रित देखिएको छ। बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनीको संख्या धेरै रहनु र परिसूचक न्यून अंकले मात्र बढ्नुले लगानीकर्तामा अझै स्पष्ट आत्मविश्वास कायम भइनसकेको संकेत गरेको छ।

कारोबारको मध्य समयमा देखिएको वृद्धि अन्तिम समयसम्म कायम रहन नसके पनि बजार हरियो अंकमा बन्द हुनुलाई भने सकारात्मक मानिएको छ। बजारको आगामी दिशा कारोबार रकम, बैंकिङ प्रणालीको तरलता, ब्याजदर तथा लगानीकर्ताको मनोविज्ञानले निर्धारण गर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *