🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामुदायिक वनभित्र लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका टोलीले साउन १६ देखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका वनमा खोजतलास गरेका थिए।

खोजीका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नवचेतनशील सामुदायिक वन तथा आसपासका राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक फेला पारिएको छ। यससँगै बरामद भरुवा बन्दुकको कुल संख्या ५५ पुगेको हो।

प्रहरीका अनुसार ती बन्दुक कसले, कुन प्रयोजनका लागि र कहिले वन क्षेत्रमा लुकाएको हो भन्ने खुल्न सकेको छैन। हतियारको अवैध प्रयोग, वन्यजन्तुको चोरी–सिकार वा आपराधिक गतिविधिसँग यसको सम्बन्ध रहे–नरहेको विषयमा अनुसन्धान भइरहेको छ।

बरामद गरिएका हतियार नियन्त्रणमा लिएर त्यसमा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *