🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजा मोहम्मद छैटौँको राजगद्दी आरोहणको २७औँ वर्षगाँठ, नेपालमा भव्य कार्यक्रम !

काठमाडौँ, १८ साउन : मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको छ ।

नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले अतिथिहरूको सम्मानमा आइतबार साँझ यहाँ रात्रिभोजको आयोजना गरेको थियो । सो अवसरमा नेपाल र भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, महावाणिज्यदूत मेघा चौधरीलगायतले दुई देशका आपसी हित र सम्भावित व्यापार, लगानी र पर्यटनका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

उहाँहरुले नेपाल र मोरक्कोबीच स्थापना भएको मैत्रीपूर्ण र कूटनीतिक सम्बन्धका साथै आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदान–प्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएकोे थियो ।

समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, दुवै देशका उच्च सरकारी अधिकारी, व्यापारी, लगानीकर्ता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

यसअघि साउन १७ गते आइतबार बिहान महावाणिज्यदूतको कार्यालय, थापाथलीमा विशेष समारोहको आयोजना गरी मोरक्कोका राजदूत मलिकी र वाणिज्यदूत चौधरीले संयुक्त रूपमा मोरक्कोको झण्डा फहराउनुभएको थियो ।

सो अवसरमा महावाणिज्यदूत मेघा चौधरीले मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो ।

बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका सहअध्यक्षसमेत रहनुभएका चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको थियो ।

दिवसकै अवसरमा मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने तथा द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउने उद्देश्यले आइतबार प्रदर्शनी आयोजना गरिएको थियो ।

ललितपुरको एक होटलमा आयोजना गरिएको प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहेका थिए ।

मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको दिनको सम्झनामा राष्ट्रिय दिवसका रूपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *