🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामर्थ्य’ विषयमा छलफल गरिएको छ ।

कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या भएको भन्दै त्यसको सही बुझाइ र व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

उनले जल, जमिन र जंगललाई नेपालको सम्पत्तिका रूपमा बारम्बार चर्चा गरिए पनि देशको वास्तविक शक्ति भने जनसंख्या रहेको उल्लेख गरे ।

‘हामीले जल, जमिन र जंगल नेपालको सम्पत्ति हो भनेर धेरै पटक बोलेका, दोहोर्याएका र सुनेका छौँ । तर हाम्रो मुख्य सम्पत्ति भनेको जनसंख्या हो । त्यसैले जनसंख्यालाई सही ढंगले बुझ्ने क्षमता हामीमा हुनुपर्छ,’ उनले भने ।

थापाले जनसंख्यालाई केवल संख्या वा मतदाताको रूपमा मात्र हेर्न नहुने धारणा राखे । ‘हामीसँग कति जनसंख्या छ भन्ने कुरा यति करोड, यति लाख भनेर मात्र बुझ्ने होइन । चुनाव लड्नेका लागि त्यो संख्या भोटमा देखिन सक्छ, तर जनसंख्या त्यति मात्र होइन,’ उनले भने ।

उनले जनसंख्याको अवस्था, वितरण, गतिविधि र भविष्यको प्रवृत्तिबारे पनि गहिरो अध्ययन आवश्यक रहेको बताए ।

‘जनसंख्या कहाँ छ, के गरिरहेको छ, कस्तो अवस्थामा छ, कता गइरहेको छ भन्ने सबै कुरा बुझ्नुपर्छ । त्यति मात्र होइन, अबको केही वर्षपछि यसको अवस्था कस्तो हुन्छ भन्ने विषयमा पनि सोच्न आवश्यक छ,’ थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *