🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफूलाई लक्षित गर्दै भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन् ।

कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत ऋतिकलाई सम्बोधन गर्दै सबासँगको उनको सम्बन्धप्रति खुसी व्यक्त गरेकी हुन् । उनले ऋतिक र सबा दुवै राम्रो जोडी देखिएको उल्लेख गर्दै आफ्नो नाम प्रयोग गरेर आफूलाई सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेहरूलाई ऋतिकले निन्दा गर्नुपर्ने बताइन् ।

कंगनाले लेखेकी छन,‘प्रिय ऋतिक, तिमीले आफ्नो सही जोडी सबा आजादलाई भेट्टाएकोमा म खुसी छु । तिमीहरू दुवै राम्रो देखिन्छौ । तिमी प्रतिबद्ध सम्बन्धमा छौ र यसरी कुनै महिलालाई जिस्क्याउने वा निशाना बनाउने कुरा तिमीलाई सुहाउँदैन ।’ उनले थपेकी छन,‘मेरो नाम प्रयोग गरेर मलाई दुर्व्यवहार र बुलिङ गर्नेहरूलाई तिमीले रोक्नुपर्छ । आगोमा घिउ थप्ने काम नगर र आफ्नो पार्टनरलाई असहज बनाउने अवस्था सिर्जना नगर ।’

कंगनाको यस्तो प्रतिक्रिया ऋतिक रोशनले सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणीपछि आएको हो । एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरले ‘संसारले ऋतिक रोशनसँग माफी माग्नुपर्छ’ भन्ने आशयको पोस्ट गरेपछि ऋतिकले त्यसमा प्रतिक्रिया दिएका थिए ।

ऋतिकले लेखेका थिए,‘तपाईंले ‘ए’ लाई समर्थन गर्नु केवल ‘बी’ मन नपरेकै कारण गर्नुहुन्छ भने यो हाम्रो समाजमा रहेको ठूलो समस्याको एउटा सानो हिस्सा मात्र हो । सही सन्दर्भ र तथ्यमा आधारित छलफलको प्रतीक्षा गर्नेछु । त्यो नै न्यायपूर्ण हुनेछ ।’

यसैबीच, कंगना पछिल्लो समय विद्यार्थी आन्दोलनसम्बन्धी आफ्ना टिप्पणीका कारण चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनका भिडियोहरूलाई आलोचना गर्दै त्यसलाई ‘घृणास्पद’ र ‘असहज बनाउने’ खालको बताएकी थिइन् ।

उनले नयाँ पुस्ताको भाषा र व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै केही टिप्पणी गरेकी थिइन् । कंगनाले केही युवा महिलाले स्वतन्त्र करियर महिलाको जीवनशैली नक्कल गर्न खोजेको आरोप लगाउँदै स्वतन्त्रताको अर्थ जिम्मेवारी लिनु पनि भएको बताएकी थिइन् । उनका ती अभिव्यक्तिहरूलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ ।

-एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *