🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मित्रताको पेडल : अमेरिकी कूटनीतिज्ञले पूरा गरे १०० किमि ‘कोरा च्यालेन्ज’ !

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक उपनियोग प्रमुख विल भनले काठमाडौंमा आयोजित यस वर्षको ‘कोरा-साइक्लिङ च्यालेन्ज’मा सहभागिता जनाउँदै एक सय किलोमिटरको चुनौतीपूर्ण दूरी पूरा गरेका छन्।

२०८३ साउन २ गते (जुलाई १८) आयोजित प्रतियोगितामा उनले हजारौँ साइकलप्रेमीसँगै सहभागिता जनाएका थिए। चुनौतीपूर्ण एक सय किलोमिटरको मार्गमा उनले अन्य साइकलयात्रीसँगै यात्रा पूरा गरेको अमेरिकी दूतावासले जनाएको छ।

दूतावासका अनुसार ‘कोरा–साइक्लिङ च्यालेन्ज’जस्ता खेलकुद कार्यक्रमले दृढता, सामूहिक भावना र साझा उद्देश्यका माध्यमबाट मानिसलाई एकताबद्ध बनाउँछन्। यस कार्यक्रमले बालबालिकाको शिक्षालाई निरन्तरता दिन सहयोग गर्नेजस्ता सामाजिक उद्देश्यसमेत बोकेको उल्लेख गरिएको छ।

कार्यवाहक उपनियोग प्रमुख भनले खेलकुद कूटनीतिलाई प्रवर्द्धन गर्दै सबै उमेर समूहका साइकलयात्रीलाई प्रेरित गर्न तथा नेपाली जनतासँग मित्रता, पारस्परिक सम्मान र दीर्घकालीन सम्बन्ध निर्माण गर्न पाउँदा गर्व लागेको बताएका छन्।

खेलकुदलाई जनस्तरको सम्बन्ध विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा लिँदै अमेरिकाले नेपालमा खेलकुद कूटनीतिलाई अगाडि बढाउँदै आएको दूतावासले जनाएको छ।

(तस्बिर: युएस एम्बेसी, काठमाडाैं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *