🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जापानमा एनआरएनए महिला संयोजकमाथि दुर्व्यवहार, छानबिनको माग !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानमा आयोजित नेपाल फेस्टिवलका क्रममा संघकी एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक संगीता अधिकारी सुवेदीमाथि सार्वजनिक स्थलमा भएको भनिएको अभद्र व्यवहारप्रति दुःख व्यक्त गरेको छ।

संघका प्रवक्ता सोमनाथ सापकोटाले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। छानबिनबाट दोषी प्रमाणित हुने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने संघको भनाइ छ।

एनआरएनएले महिलाको सम्मान, सुरक्षा र मर्यादा सभ्य समाजका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै महिलामाथि हुने अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा अन्य अमर्यादित गतिविधिप्रति संघको ‘शून्य सहनशीलता’को नीति रहेको स्पष्ट पारेको छ।

“कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा कुनै पनि प्रकारका अमर्यादित गतिविधिप्रति एनआरएनएको शून्य सहनशीलताको नीति रहेको छ,” विज्ञप्तिमा उल्लेख छ।

संघले विदेशमा नेपालीले प्रदर्शन गर्ने व्यवहार, आचरण र अभिव्यक्तिले व्यक्तिगत पहिचान मात्र नभई नेपालको छवि, प्रतिष्ठा तथा समग्र नेपाली समुदायको सम्मानसमेत प्रतिनिधित्व गर्ने जनाएको छ। त्यसैले विदेशमा रहेका नेपालीले सार्वजनिक तथा सामुदायिक कार्यक्रममा सभ्य, मर्यादित र जिम्मेवार व्यवहार देखाउनुपर्नेमा संघले जोड दिएको छ।

एनआरएनएले नेपाली समुदायभित्र आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गर्दै असहमति वा विवादलाई समेत संयमित र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने बताएको छ।

प्रवक्ता सापकोटाले सम्पूर्ण नेपाली समुदायलाई आपसी सम्मान र जिम्मेवार अभिव्यक्तिको संस्कृति आत्मसात् गर्न तथा प्रत्येक व्यक्तिको सम्मान, सुरक्षा र मर्यादाप्रति प्रतिबद्ध रहन आह्वान गरेका छन्।

घटना कसले, कुन परिस्थितिमा र कसरी गराएको भन्ने विस्तृत विवरण भने विज्ञप्तिमा खुलाइएको छैन। एनआरएनएले निष्पक्ष छानबिनबाट घटनाको वास्तविकता बाहिर ल्याई पीडितलाई न्याय र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *