🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मौखिक झगडा उग्र बन्दै जाँदा गोली प्रहार, चार जनाको मृत्यु

इस्लामावाद, १८ साउन (रासस/सिन्ह्वा) :  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबिच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो । दुई समूहका सदस्यहरू बिचको मौखिक झगडा  उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली  प्रहार गरेको प्रहरीले जनाएको छ । 

जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरु रहेको बुझिएको छ । गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।
–––