🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईसिसी विश्वकप क्रिकेट लिग २ : नेपालद्वारा नेदरल्यान्ड्ससामु १५८ रनको लक्ष्य

काठमाडौँ, ७ साउन : आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्यान्ड्सको युट्रेच्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । त्यस्तै गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ तथा करण केसीले अविजित १३ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि एलेक्स रोय र रोलोफ भान डर मर्वेले समान ३–३ विकेट लिए । लोगन भान विकले २ तथा काइल क्लाइनले एक विकेट लिए । एक सय ५८ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *