🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कालिकोटमा एचआईभी सङ्क्रमण बढ्दो, नियमित परीक्षण र सतर्कतामा जोड

मान्म (कालिकोट), २९ असार : पछिल्लो पटक कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ ।

जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नरहरिनाथ गाउँपालिकामा ३२ जना सङ्क्रमित रहेका छन्, जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका रहेका छन् ।

खाँडाचक्रमा–१०, तिलागुफामा– तीन, रासकोटमा नगरपालिकामा–दुई शुभकालिका दुई, सान्नीत्रिवेणमा चार पचालझरनामा एक पलाँता गाउँपालिकामा तीन जना सङ्क्रमित रहेको फोकल पर्सन शाहीले बताउनुभयो ।

“जिल्लामा अहिले निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका रहेको छ ।”

कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५७ पुग्नुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *