🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जलाधार सुधार परियोजनाका लागि सरकारले २० करोड अनुदान स्वीकार गर्ने

काठमाडौं, १६ साउन  । सरकारले जलाधारको पुनरुत्थान र जीविकोपार्जन सुधार परियोजनाका लागि २० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको उनले बताइन् ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।