🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वीरेन्द्र सैनिक अस्पतालमा रासनदेखि खरिदसम्म सेटिङ ?

श्रीमान् सम्पादक ज्यू,
साँघु साप्ताहिक, काठमाडौँ।

नेपाली सेना उच्च अनुशासन, चेन अफ कमाण्ड र गौरवमय इतिहास बोकेको संवेदनशील संस्था हो। यही संस्थाको कोषबाट सञ्चालित श्री वीरेन्द्र सैनिक अस्पताल सैनिक परिवार, बहालवाला तथा अवकाशप्राप्त सैनिक र आश्रितहरूका लागि भरोसाको केन्द्र मानिन्छ। तर, पछिल्लो समय अस्पतालभित्र व्यक्तिगत स्वार्थ, चरम लापरवाही, रासन व्यवस्थापनमा अनियमितता तथा मेडिकल सामग्री खरिद प्रक्रियामा अपारदर्शिता देखिएको भन्दै पटक–पटक गुनासो उठे पनि प्रभावकारी छानबिन र कारबाही नभएको पीडित सकलदर्जाहरूको गम्भीर गुनासो छ।

श्रीमान् प्रधानसेनापति ज्यू, अस्पतालजस्तो संवेदनशील निकायमा शक्ति र पहुँचको आडमा एक–दुई व्यक्तिले मनपरी गर्ने अवस्था रहिरहनु सेनाको अनुशासन, पारदर्शिता र संस्थागत मर्यादाका लागि दुःखद विषय हो। वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सुवेदार नेत्रबहादुर मल्लले शक्ति र प्रभावको आडमा विभिन्न खरिद, रासन, ड्युटी व्यवस्थापन र सरुवा–काजमा मनपरी गरेको गुनासो लामो समयदेखि सुनिँदै आएको छ। तर, उजुरी र गुनासोका बाबजुद पनि छानबिन नहुनुले अस्पतालभित्र “पावर हुनेलाई छुट” भन्ने सन्देश गएको अनुभूति पीडितहरूमा परेको छ।

गुनासोकर्ताहरूका अनुसार अघिल्लो वर्ष मेडिकल आइटम तथा इन्स्ट्रुमेन्ट खरिद गर्दा लाखौँ रुपैयाँ बराबरको अनियमितता भएको आशंका गरिएको थियो। ठेक्का प्रक्रियामार्फत हुनुपर्ने कतिपय खरिदमा ठेकेदारलाई बाइपास गरी कोटेसनमार्फत गुणस्तरहीन सामग्री खरिद गरिएको, तर महँगो मूल्यको बिल पेश गरी भुक्तानी गराइएको आरोप छ। यस क्रममा खरिद बोर्ड गठन गर्दा स्वतन्त्र र निष्पक्ष व्यक्तिको सट्टा आफूले भनेको मान्ने व्यक्तिहरूलाई मात्र बोर्डमा राखिएको र जबरजस्ती हस्ताक्षर गराइएको गुनासोसमेत गरिएको छ।

त्यसैगरी, रासन व्यवस्थापनमा पनि व्यापक चलखेल भएको आरोप छ। अस्पतालको रासन स्टोरबाट खाद्य सामग्री बाहिर लैजाने, रातिको समयमा मुख्य रासन स्टोरबाट सामग्री सार्ने, स्टोरमेनमार्फत बिक्री गराउने र त्यसबाट उठेको रकम सम्बन्धित जिम्मेवार व्यक्तिहरूले बाँडफाँड गर्ने गरेको गम्भीर दाबी गरिएको छ। रासन व्यवस्थापनमा सुवेदार नेत्रबहादुर मल्ल र प्रबन्ध हुद्दा चिनिया सिंह स्याङ्काजुको मिलेमतो रहेको गुनासो पत्रमा उल्लेख गरिएको छ।

खसीको मासुको स्केलका दिनसमेत अनियमितता भएको गुनासो छ। केही खसी मात्र अस्पतालमै काट्ने, तर बाँकी मासु बाहिरबाट बाख्राको मासु ल्याई मिसाउने र मेस तथा वितरण प्रणालीमा प्रयोग गर्ने गरिएको दाबी गरिएको छ। अस्पतालमा कार्यरत अधिकांश सकलदर्जाले एक छाकको रासन घरमा लैजाने व्यवस्था रहेको र सोही मासु वितरणका क्रममा पनि ठेकेदारसँग मिलेमतो गरी खसीको नाममा बाख्राको मासु वितरण गरिएको आरोप छ। यसबापत ठेकेदारबाट रकम लिइएको र सम्बन्धित व्यक्तिहरूबीच बाँडफाँड भएको गुनासो छ।

श्रीमान्, यस्ता गम्भीर आरोप केवल सामान्य प्रशासनिक कमजोरीका विषय होइनन्। यी आरोप सही ठहरिएमा सैनिक कोष, अस्पताल व्यवस्थापन, रासन प्रणाली र खरिद प्रक्रियामाथि गम्भीर प्रश्न उठ्नेछ। अझ प्रशासन रजिस्ट्रार सहायक रथी श्री हरिशबहादुर बमको समेत मौन समर्थन वा मिलेमतो रहेको आशंका व्यक्त गरिएको छ। कार्य हुद्दाको जिम्मेवारीमा रहनुपर्ने व्यक्तिलाई प्रबन्ध हुद्दाको भूमिका दिइनु, प्रबन्ध हुद्दाको दर्जा लगाएको व्यक्तिलाई हवल्दार मेजरको जिम्मेवारी दिनुजस्ता विषय पनि छानबिनको दायरामा ल्याइनुपर्छ।

अस्पतालभित्र प्रशासन रजिस्ट्रार हरिश बम, सुवेदार नेत्र मल्ल र चिनिया स्याङ्काजुबीच अस्वाभाविक निकटता रहेको तथा यिनकै मिलेमतोमा रासन र खरिदसम्बन्धी अनियमितता बढेको गुनासो छ। युनिटलाई आवश्यक सामान खरिद गर्दा खरिद समिति भए पनि व्यवहारमा सुवेदार मल्ल र चिनिया स्याङ्काजुले नै सामान ल्याउने, फर्जी बिल पेश गर्ने र पछि बोर्ड बनाई हस्ताक्षर गराउने गरेको आरोपसमेत पीडित पक्षले लगाएको छ।

यससँगै अस्पतालमा कार्यरत प्राविधिक सुवेदारदेखि सिपाहीसम्मका सैनिकहरूलाई मानसिक दबाब, हैरानी र पक्षपातपूर्ण व्यवहार गरिएको गुनासो छ। सुवेदार नेत्र मल्लले आफूले भनेको काम नमान्नेलाई घरपायकभन्दा टाढा सरुवा गराइदिने, टाढाटाढा काज खटाइदिने र अप्ठ्यारो ड्युटीमा पार्ने धम्की दिने गरेको आरोप छ। सैनिक अनुशासनको नाममा व्यक्तिको स्वार्थ पूरा गर्न दबाब दिने प्रवृत्ति संस्थागत मर्यादाविपरीत हो।

त्यस्तै, आफू निकट, भनेको मान्ने, आर्थिक लेनदेन गर्ने वा व्यक्तिगत स्वार्थ पूरा गर्ने व्यक्तिलाई भत्ता आउने, सजिलो र आकर्षक विभागमा ड्युटी दिने गरिएको गुनासो पनि गरिएको छ। केही समयअघि एक महिला सैनिकलाई आर्थिक लेनदेनको आधारमा प्याथोलोजी विभागमा सरुवा गराइएको आरोपसमेत उठेको छ। यस्तो काम सुवेदार मल्लले आफ्नो विश्वासिलो पात्र प्युठ वीरेन्द्रबहादुर विष्टमार्फत गराउने गरेको गुनासो छ।

गुनासोकर्ताहरूका अनुसार प्युठ वीरेन्द्र विष्टले पनि ड्युटी, घरबिदा, काज र विभागीय खटनपटनमा पक्षपात गर्दै आएको आरोप छ। महँगो मादक पदार्थ कोसेली ल्याउने, स्वार्थ पूरा गर्ने वा भनेको मान्ने सैनिकलाई सजिलो विभागमा राख्ने, तर नमान्नेलाई अप्ठ्यारो ड्युटी, टाढाको काज र बिदामा विभेद गर्ने गरिएको दाबी छ। पोस्ट ड्युटी, घरबिदा र काज खटाउँदा आर्थिक लेनदेन हुने र उक्त रकम सुवेदार नेत्रबहादुर मल्लसँग बाँडफाँड हुने गरेको गम्भीर आरोप पनि पत्रमा उल्लेख छ।

पोस्ट ड्युटी व्यवस्थापनमा समेत समानता नभएको गुनासो छ। प्राविधिक तर्फका हवल्दार, अमल्दार र सैनिकहरूलाई नियमित पोस्ट ड्युटी खटाइने, तर इन्फेन्ट्रीतर्फका हवल्दार, अमल्दार, प्युठ र धेरैजसो सिपाहीलाई पोस्ट ड्युटीबाट जोगाइने गरिएको आरोप छ। लोकसेवा पास गरेर आएका प्राविधिक सैनिकले बढी बोझ बोक्नुपर्ने, तर अन्यलाई सहज बनाइने अवस्था न्यायसंगत नभएको पीडितहरूको भनाइ छ।

त्यस्तै, आर्थिक कारोबारका लागि सुवेदार नेत्रबहादुर मल्लले सिपाही धनबहादुर खत्रीलाई विश्वासिलो माध्यमका रूपमा प्रयोग गर्ने गरेको आरोप पनि उठेको छ। यी सबै विषय सामान्य गुनासो मात्र होइनन्, सैनिक अस्पतालको आन्तरिक सुशासन, कोषको पारदर्शिता र कर्मचारी मनोबलसँग जोडिएका गम्भीर सवाल हुन्।

यसर्थ, श्रीमान् प्रधानसेनापति ज्यू तथा सैनिक स्वास्थ्य महानिर्देशनालयका सम्बन्धित जिम्मेवार निकायसमक्ष हाम्रो विनम्र अनुरोध छ—वीरेन्द्र सैनिक अस्पतालभित्र उठेका यी गम्भीर गुनासोमाथि तत्काल निष्पक्ष, उच्चस्तरीय र गोप्य छानबिन समिति गठन गरियोस्। खरिद प्रक्रिया, रासन स्टोर, मासु आपूर्ति, बिल भुक्तानी, ड्युटी व्यवस्थापन, सरुवा–काज, बिदा वितरण र आर्थिक लेनदेनसम्बन्धी सबै कागजात परीक्षण गरियोस्। दोषी देखिने जोसुकैलाई पद, पहुँच र शक्तिको आडमा संरक्षण नगरी कडा कारबाही गरियोस्।

यदि यी आरोपहरू असत्य हुन् भने सम्बन्धित निकायले तथ्यसहित खण्डन गरोस्। तर यदि आरोपहरूमा सत्यता छ भने सैनिक कोष र जवानहरूको पसिनामाथि खेलबाड गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनु अपरिहार्य छ। नेपाली सेनाजस्तो अनुशासित संस्थाभित्र अस्पतालकै नाममा अनियमितता, पक्षपात र दबाबको राज चल्न दिनु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *