🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सांसद बरालको प्रश्न : ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन् ।

उनले विरोध गर्ने क्रममा पनि निश्चित विषयभित्र रहेर आफ्ना धारणा राख्दा त्यसको औचित्य पुष्टि हुने बताइन् । विपक्षी बेन्चबाट एक जना सदस्यले प्रतिनिधित्व गर्दै बोलिसकेपछि दैनिक कार्यसूचीमा प्रवेश गर्न सबै सांसदलाई सहयोग गर्न उनले आग्रह गरिन् ।

सांसद बरालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिसम्बन्धी विषय उठाउँदै संसदको रेकर्डबाट हटाउने वा रुलिङ गर्ने काम किन नभएको भन्दै प्रश्न गरिन् । उनले नियमावली प्रतिपक्षका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि समान रूपमा लागू हुन्छ भन्ने स्पष्ट पार्न सभामुखमार्फत माग गरिन् ।

उनले भनिन्, ‘यदि यो नियमावली प्रतिपक्षको लागि मात्रै हो भने दस्ताबेजमै लेखिदिनुस्, सत्तापक्षका लागि होइन भनेर, होइन भने यो विषयमा सम्माननीय सभामुखमार्फत रुलिङ गरिदिनुस् ।’

सांसद बरालले सुकुम्बासी नागरिकको अवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । गरिब नागरिकलाई विस्थापित गर्ने वा न्यून रकम दिएर सडकमा धकेल्ने काम मानवअधिकारको विषय भएको उनको भनाइ थियो ।

उनले सरकारका कतिपय निर्णयहरू लोकप्रियता कमाउने उद्देश्यले मात्रै आएको हो कि दीर्घकालीन विकासका लागि हो भन्ने प्रश्न गरिन् ।

सार्वजनिक यातायातको रङ परिवर्तन गर्ने निर्णयप्रति संकेत गर्दै उनले यस्ता कार्यक्रम देशभर प्रभावकारी रूपमा लागू हुने हो कि केवल प्रचारका लागि मात्रै गरिएको हो भन्ने प्रश्न उठाइन् ।

सांसद बरालले जनतामाथि हुने शोषण, दमन र हस्तक्षेपका विषयमा पनि सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले सत्तापक्ष र विपक्ष दुवैका लागि संसदमा समान व्यवहार हुनुपर्ने धारणा राखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *