🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नक्कली एसपी बनेर धाकधम्की दिने राजकुमार आलेमगर प क्राउ !

काठमाडौं । आफूलाई ‘अपराध महाशाखाको एसपी’ भन्दै सर्वसाधारणलाई धाकधम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली प्रहरी बनेर सर्वसाधारणलाई दुःख हैरानी दिने आरोपमा नुवाकोटका राजकुमार आलेमगरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ हात्तीगौंडा बस्ने ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन्।

आलेमगरले आफूलाई ‘अपराध महाशाखाबाट एसपी दिलिप घिमिरे बोल्दैछु’ भन्दै सर्वसाधारणलाई फोनमार्फत धाकधम्की दिने, दुःख हैरानी दिने र सार्वजनिक स्थानमा प्रहरी कर्मचारीसँगै विवाद गरी हो–हल्ला गर्ने गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सर्वसाधारणलाई झुक्याउने गरी आफूलाई प्रहरी अधिकृतका रूपमा प्रस्तुत गर्दै आएको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा उनलाई २०८३ असार २३ गते अन्दाजी १६ः३० बजेको समयमा काठमाडौं महानगरपालिका–२६ सिंहदरबार अगाडिको सडकखण्डबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

तर, आफूलाई प्रहरी अधिकृत बताउँदै सर्वसाधारणलाई धम्क्याउने यस्ता गतिविधिले सुरक्षा निकायको नाम दुरुपयोग गर्ने प्रवृत्ति अझै सक्रिय रहेको देखाएको छ। प्रहरीको नाम बेचेर नागरिकलाई आतंकित बनाउने, प्रभाव जमाउने र व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्ने यस्तो प्रवृत्तिमाथि कडा कारबाही आवश्यक देखिन्छ।

प्रहरीको पोशाक नलगाए पनि पद र निकायको नाम दुरुपयोग गरेर नागरिकलाई डर देखाउनु गम्भीर विषय हो। यस्ता व्यक्तिलाई समयमै नियन्त्रणमा नलिए नागरिकको सुरक्षामाथि मात्र होइन, प्रहरी संगठनको विश्वसनीयतामाथि समेत प्रश्न उठ्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *