🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिका क्रोएसिया र सर्बियाको प्रलोभन देखाएर २५ लाख दिलमाया गिरी समेत तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा बेरोजगार युवालाई ठग्ने गिरोह फेरि सक्रिय देखिएको छ। आकर्षक तलबको प्रलोभन देखाएर क्रोएसिया र सर्बिया पठाइदिने भन्दै रकम असुली सम्पर्कविहीन भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–५ स्थायी वतन भएका २८ वर्षीय सन्देश हुँगामा र कास्कीको रुपा गाउँपालिका–१ स्थायी वतन भएका ३० वर्षीय विशाल खवास राना रहेका छन्।

सन्देशले क्रोएसिया पठाइदिने भन्दै पीडितहरूबाट १६ लाख रुपैयाँ लिएको आरोप छ। उनीविरुद्ध दुई जना पीडितले जाहेरी दिएका थिए। उनलाई २०८३ असार २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै विशाल खवास रानाले सर्बिया पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएको आरोप छ। उनलाई पनि २०८३ असार २३ गते काठमाडौं महानगरपालिका–११ क्षेत्रबाट पक्राउ गरिएको हो।

अमेरिका पठाइदिने नाममा सात लाख ठगी, दिलमाया गिरी पक्राउ

वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर बेरोजगार युवायुवती ठग्ने क्रम रोकिएको छैन। अमेरिका पठाइदिने भन्दै रकम असुली सम्पर्कविहीन भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-८ स्थायी घर भएकी ३६ वर्षीया दिल्माया गिरी रहेकी छन्। उनले अमेरिका पठाइदिने भन्दै पीडितबाट सात लाख रुपैयाँ लिएको आरोप छ।

अपराध अनुसन्धान कार्यालयका अनुसार गिरीले आकर्षक तलबको आश्वासन देखाउँदै वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भनी लामो समयसम्म पीडितलाई झुक्याएकी थिइन्। रकम लिएपछि अमेरिका नपठाएको र पछि सम्पर्कविहीन भएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरी अनुसन्धान अघि बढेको हो।

गिरीलाई २०८३ असार २३ गते काठमाडौं महानगरपालिका-१३ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।

पछिल्लो समय अमेरिका, युरोप र खाडी मुलुक पठाइदिने नाममा ठगीका घटना बढ्दै गएका छन्। बेरोजगारी, आर्थिक दबाब र विदेश जाने बाध्यतालाई मौका बनाएर दलालहरूले लाखौँ रकम असुल्ने तर न भिसा दिने, न कामको ग्यारेन्टी गर्ने प्रवृत्ति मौलाउँदै गएको छ।

प्रहरीले एक–दुई जनालाई पक्राउ गरे पनि यस्ता ठगी धन्दाको जरो दलाल सञ्जाल, नक्कली कन्सल्टेन्सी र अवैध एजेन्टसम्म फैलिएको देखिन्छ। पीडितको रकम फिर्ता गराउने, दोषीलाई कडा कारबाही गर्ने र वैदेशिक रोजगारीका नाममा खुलेका शंकास्पद गिरोहमाथि निगरानी बढाउने काम अब ढिला गर्न नहुने अवस्था बनेको छ।

प्रहरीका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई विदेशमा आकर्षक तलब पाइने भन्दै लामो समयसम्म झुक्याएका थिए। तर रकम लिएपछि विदेश नपठाएको र पछि सम्पर्कविहीन भएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

वैदेशिक रोजगारीको नाममा ठगीका घटना बारम्बार सार्वजनिक भइरहँदा सामान्य नागरिक अझै दलाल र झुटा आश्वासनको सिकार बनिरहेका छन्। विदेश पठाइदिने नाममा लाखौँ रकम उठाउने, महिनौँसम्म झुलाउने र अन्ततः सम्पर्कविहीन हुने प्रवृत्तिले वैदेशिक रोजगारी क्षेत्रको अँध्यारो पाटो फेरि उजागर गरेको छ।

सरकारले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने दाबी गरे पनि व्यवहारमा भने बेरोजगार युवाको बाध्यता ठगहरूको कमाइ खाने माध्यम बन्दै गएको छ। प्रहरीको यो कारबाही सकारात्मक भए पनि यस्ता ठगीमा संलग्न व्यक्ति मात्र होइन, उनीहरूलाई संरक्षण गर्ने एजेन्ट सञ्जाल र अवैध कारोबारको जरोसम्म अनुसन्धान पुग्नुपर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *