🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

तातोपानी नाकाबाट फेरि पाेके तस्करी सुरू : चिनियाँ खाद्यान्नसहित टाटा योद्धा गाडी बरामद

काठमाडौं । नेपाल–चीन सीमासँग जोडिएको तातोपानी नाकाबाट फेरि भन्सार छलीको सामान भित्र्याइएको घटना सार्वजनिक भएको छ। सिन्धुपाल्चोक प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न चिनियाँ खाद्यान्नसहित एउटा टाटा योद्धा गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भोटेकोशी गाउँपालिका-२, तातोपानीस्थित अरनिको राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा बा.प्र. ०१-०२५ च ९६६१ नम्बरको टाटा योद्धा गाडीबाट भन्सार छलीका खाद्यान्न बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय कोदारी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उक्त गाडी रोकेर जाँच गर्दा बिल-भर्पाइ तथा वैधानिक कागजातबिना ल्याइएका सामान फेला पारेको प्रहरीको भनाइ छ।

बरामद सामग्रीको अनुमानित बजार मूल्य २१ लाख २५ हजार ७ सय रुपैयाँ रहेको जनाइएको छ। बरामद खाद्यान्न र सवारी साधन आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकमा बुझाइएको प्रहरीले जनाएको छ।

तर, तातोपानीजस्तो संवेदनशील अन्तर्राष्ट्रिय नाकाबाट लाखौँ मूल्यका सामान भन्सार छलेर सडकसम्म आइपुग्नु आफैंमा गम्भीर प्रश्न हो। सीमामा भन्सार, प्रहरी, सशस्त्र प्रहरी र निगरानी संयन्त्र हुँदाहुँदै पनि अवैध सामान कसरी भित्रियो ? केवल गाडी र सामान समातेर मात्र तस्करी नियन्त्रण हुन्छ कि त्यसको पछाडि रहेका कारोबारी, सेटिङकर्ता र संरक्षण दिने सञ्जालसम्म अनुसन्धान पुग्छ ? यो प्रश्न फेरि उठेको छ।

तातोपानी नाका लामो समयदेखि वैध व्यापारसँगै अवैध ओसारपसारको जोखिमयुक्त क्षेत्र मानिँदै आएको छ। पछिल्लो बरामदगीले नाका खुलेसँगै तस्करीको पुरानो बाटो पनि सक्रिय हुन थालेको संकेत दिएको छ।

राजस्व छल्ने यस्तो गतिविधिले राज्यको आम्दानीमा नोक्सानी पुर्‍याउने मात्र होइन, कर तिरेर वैध व्यापार गर्ने व्यवसायीलाई समेत अन्यायमा पार्छ। त्यसैले प्रहरीको यो बरामदगी सकारात्मक भए पनि तस्करीको जरोसम्म पुग्ने अनुसन्धान अनिवार्य देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *