🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भन्सार छल्ने पाेके तस्करी : बाँकेबाट साढे ६ लाखभन्दा बढीको सामान बरामद

नेपालगञ्ज । नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै भन्सार छली सामान भित्र्याउने क्रम बाँकेमा फेरि दोहोरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका फलफूल, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, बल्ब, खाद्यान्न, कोक तथा माउन्टेन ड्यू लगायतका पेय पदार्थ २०८३ असार २३ गते बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद गरिएको सामानको अनुमानित मूल्य ६ लाख ७७ हजार ४ सय ९२ रुपैयाँ रहेको छ। भन्सार छली गरी ल्याइएका ती सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

तर, बारम्बार यस्तै प्रकृतिका सामान बरामद भइरहँदा सीमावर्ती क्षेत्रमा तस्करीको सञ्जाल अझै सक्रिय रहेको देखिएको छ। प्रहरीले सामान बरामद गरे पनि यस्ता पाेक तस्करी समूह र ठुला तस्करी गतिविधिमा संलग्न मुख्य गिरोह, भरिया परिचालन गर्ने कारोबारी र सेटिङ मिलाउने बिचौलियासम्म कारबाही पुग्न सकेको छ कि छैन भन्ने प्रश्न उठेको छ।

बाँके भारतसँग सीमा जोडिएको संवेदनशील जिल्ला हो। नेपालगञ्ज, रुपैडिहा नाका आसपासका क्षेत्रमा साना-ठूला तस्करीका घटना पटक-पटक सार्वजनिक हुँदै आएका छन्। कहिले खाद्यान्न, कहिले कपडा, कहिले सुर्तीजन्य पदार्थ त कहिले पेय पदार्थ भन्सार छल्दै भित्र्याइने गरेको पाइएको छ। यसले एकातिर राज्यको राजस्वमा नोक्सानी पुर्‍याइरहेको छ भने अर्कोतर्फ वैध व्यापार गर्ने व्यवसायीलाई प्रत्यक्ष मार पारिरहेको छ।

प्रहरीले बरामद सामान भन्सारमा पठाएको जनाएको छ। तर, बरामद सामान मात्र होइन, यस्ता सामान कसले ल्यायो, कसका लागि ल्याइयो र कहाँ बिक्री गर्न लागिएको थियो भन्ने अनुसन्धान पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ। सामान समातिने तर तस्कर समूहको जरोसम्म नपुग्ने अवस्था रहिरहे सीमामा अवैध कारोबार नियन्त्रण छिटपुट समातिने कारबाहीमै सीमित हुने खतरा छ।

स्थानीय व्यवसायीहरूका अनुसार भन्सार छलीका सामान बजारमा सस्तोमा बिक्री हुँदा कर तिरेर वैध कारोबार गर्ने व्यापारी मारमा पर्ने गरेका छन्। राज्यले राजस्व गुमाउने र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने भएकाले सीमा क्षेत्रमा निगरानी, गस्ती र भन्सार-प्रहरी समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

बाँके प्रहरीले पछिल्लो बरामदगीलाई नियमित कारबाहीका रूपमा सार्वजनिक गरे पनि यसले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ-सीमाबाट लाखौँको सामान भन्सार छली भित्रिँदासम्म जिम्मेवार निकाय राजश्व अनुसन्धान विभाग र भन्सारका कर्मचारी  कहाँ र के गर्दै थिए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *