🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यूएन पुलिस समिटमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको उच्चस्तरीय भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघीय ‘चिफ अफ पुलिस समिट’ अर्थात् Fifth United Nations Chiefs of Police Summit (UNCOPS–2026) का क्रममा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

विश्व शान्ति स्थापनामा नेपालको योगदान, सशस्त्र प्रहरी बल नेपालको भूमिका र आगामी शान्ति मिसनमा थप प्रभावकारी सहभागिताका विषयमा केन्द्रित रहेर महानिरीक्षक पौडेलले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको हो ।

समिटका क्रममा महानिरीक्षक पौडेलले संयुक्त राष्ट्रसंघका Under-Secretary-General तथा UN Department of Peace Operations का प्रमुख Jean-Pierre Lacroix, Department of Operational Support की Assistant Secretary-General Lisa Buttenheim, UNPOL Adviser Faisal Shahkar, Chief of Selection and Recruitment Section Ata Yenigun, संयुक्त अरब इमिरेट्सकी महामहिम Dana Humaid Al Marzooqi तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम लोकबहादुर थापासँग सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको हो ।

भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाप्रति गर्दै आएको निरन्तर प्रतिबद्धता पुनः दोहोर्‍याइएको थियो । साथै, संयुक्त राष्ट्रसंघसँग नेपालको सहकार्यलाई अझ सुदृढ बनाउने, शान्ति मिसनहरूमा सशस्त्र प्रहरी बल नेपालको परिचालनलाई थप प्रभावकारी बनाउने तथा भविष्यमा नेपाली सुरक्षा जनशक्तिको भूमिकालाई विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

सो अवसरमा संयुक्त राष्ट्रसंघका उच्चपदस्थ अधिकारीहरूले विभिन्न शान्ति मिसनहरूमा सशस्त्र प्रहरी बल, नेपालले देखाउँदै आएको व्यावसायिकता, दक्षता, अनुशासन र उत्कृष्ट कार्यसम्पादनको प्रशंसा गरेका थिए । उनीहरूले शान्ति स्थापनाका क्षेत्रमा नेपालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा अनुशासित, जिम्मेवार र प्रभावकारी उपस्थिति जनाउँदै आएको छ । यसपटकको उच्चस्तरीय भेटवार्ताले अन्तर्राष्ट्रिय मञ्चमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र पहिचानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *