🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेट्रोल, म्यागजिन र ३ राउण्ड गोलीसहित दुई जना प क्राउ

सुनसरी, २४ असार : सुनसरी प्रहरीले पेस्तोल, म्यागजिन र तीन राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २४ गते बिहान करिब ९ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका–४ मध्येली झण्डा चोक क्षेत्रमा पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो।

जाँचका क्रममा मोरङको विराटनगर महानगरपालिका–१७ रानी बस्ती बस्ने ५१ वर्षीय नुर महमद र विराटनगर–८ अशोक चोक बस्ने ३२ वर्षीय इज्यान खान भनिने मो. अहमदको साथबाट चाइनिज पेस्तोल जस्तो देखिने एक थान पेस्तोल, एक थान म्यागजिन र तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

बरामद हतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका नुर महमद यसअघि २०६४ सालमा जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार तथा खरखजाना र जवरजस्ती करणी उद्योग मुद्दामा पक्राउ परी १२ वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति रहेको खुलेको छ।

त्यस्तै इज्यान खान भनिने मो. अहमदको हकमा पनि जिल्ला प्रहरी कार्यालय मोरङमा चोरी मुद्दा चलिरहेको खुलेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *