🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काभ्रेपलाञ्चोकमा लागूऔषधसहित पाँच जना प क्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको प्रहरी चेकपोस्टमा गरिएको सवारी जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार मिति २०८३ असार २३ गते साँझ करिब ५ बजे प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कारलाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारमा सवार दोलखा भीमेश्वर नगरपालिका–७ निवासी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम तथा प्लास्टिकबाहेक ५६.७५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

घटनापछि कारमा सवार पाँचै जनाको लागूऔषध तथा मादक पदार्थ सेवन (ला.प.से./मा.प.से.) परीक्षण गरिएकोमा सविन कोइराला र जगत खत्रीको रिपोर्ट पोजिटिभ आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *