🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गौशाला नगरपालिकाका मेयर डा. महतोविरुद्ध मुद्दा दर्ता

महोत्तरी । गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता भएको छ । निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनामा प्रत्यक्ष संलग्नता र निर्देशन दिएको आरोपमा मेयर महतोविरुद्ध ‘आपराधिक उपद्रव तथा हुलदङ्गा’ शीर्षकमा मुद्दा दर्ता गरिएको हो ।

गत बिहीबार असार ११ गते निगौल गाई गौशालाको जग्गामा नगरपालिकाले स्वीकृतिबिनै जबर्जस्ती ढल निकास निर्माण गर्न खोजेको आरोप लागेको थियो । उक्त कार्य रोक्न पुगेकी कार्यालय प्रमुख पाण्डेमाथि नगर प्रमुखकै उपस्थिति र निर्देशनमा नगर प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेले घटनामा संलग्न रहेको आरोपमा मेयर महतोसहित गौशाला नगरपालिका–११ का दिनेश्वर महतो र वडा नम्बर ४ का इन्दल राउतविरुद्ध समेत सोही मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा आठ जना नगर प्रहरीलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने नगर प्रहरीहरूमा लक्ष्मीनारायण चौधरी, जुलेरप्रसाद सिंह, रितुकुमारी, रमेश पासवान, राजेशकुमार महतो, पानबहादुर लामा, अजयकुमार यादव र चन्द्रिकाकुमारी चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरका अनुसार पीडित पाण्डेले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार आपराधिक उपद्रव तथा हुलदङ्गा गर्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । भौतिक सम्पत्तिमा क्षति पुर्‍याएको प्रमाणित भएमा कसुरदारबाटै क्षतिपूर्ति भराइने व्यवस्था पनि रहेको छ ।

निगौल गाई गौशाला र गौशाला नगरपालिकाबीचको विवाद भने नयाँ होइन । यो विवाद पुरानो आर्थिक सम्झौता, बजार ठेक्का र जग्गा प्रयोगसम्बन्धी असमझदारीसँग जोडिएको देखिन्छ ।

वि.सं. २०६९ असार २२ गते तत्कालीन नमुना गौशाला गाविसका सचिव गंगाराम यादव र निगौल गौशाला व्यवस्थापन समितिका प्रमुख शुभेषचन्द्र बरालबीच भएको सहमतिअनुसार गौशाला क्षेत्रमा लाग्ने गोरु बजार, खसी बजार र मासु बजारको कुल ठेक्का रकमको २५ प्रतिशत हिस्सा निगौल गाई गौशालालाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो ।

सहमति पत्रमा आर्थिक वर्ष २०७०/०७१ देखि २०७३/०७४ सम्म चार वर्षका लागि पहिलो किस्ता साउन, दोस्रो किस्ता कात्तिक र तेस्रो किस्ता फागुन मसान्तभित्र भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । तर तत्कालीन गाविस र हालको नगरपालिकाले बजार ठेक्का लगाएर राजस्व उठाउँदै आए पनि सम्झौताबमोजिमको रकम हालसम्म गौशालालाई उपलब्ध नगराएको आरोप गौशाला पक्षले लगाउँदै आएको छ ।

सहकारी नियमन प्राधिकरण अन्तर्गत रहेको निगौल गाई गौशालालाई संघीय सरकारको बजेट पूर्ण रूपमा बन्देज गरिएपछि संस्था आर्थिक संकटमा परेको बताइएको छ । सम्झौताअनुसारको रकम नपाउनु, नगरपालिकाले गौशालाको जग्गामा एकलौटी ढंगले बजार सञ्चालन तथा निर्माण कार्य गर्न खोज्नुजस्ता कारणले दुवै पक्षबीच पटक–पटक विवाद उत्पन्न हुँदै आएको स्थानीय स्रोतको भनाइ छ ।

पछिल्लो घटनाले गौशाला नगरपालिका र निगौल गाई गौशालाबीचको पुरानो विवाद थप पेचिलो बनेको छ । मेयरविरुद्ध मुद्दा दर्ता भएसँगै अब घटनाको कानुनी निरूपण प्रहरी अनुसन्धान र अदालतको प्रक्रियाबाट अघि बढ्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *