भैरहवा । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट करिब ७ लाख १० हजार रुपैयाँ बराबरका १४२ थान क्यासियो (CASIO) घडी बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८३ असार २२ गते रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१, डण्डा स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गस्तीका क्रममा भन्सार छली गरी नेपालतर्फ ल्याइएको आशंकामा उक्त घडीहरू बेवारिसे अवस्थामा फेला पारिएको हो।
बरामद गरिएका क्यासियो घडीहरूको अनुमानित मूल्य रु. ७ लाख १० हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी गरिएको छ।




