🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रक्षा मन्त्रालयका शिक्षा अधिकृत सुरेन्द्र भट्ट प क्राउ

ललितपुर । सार्वजनिक स्थलमा एक महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।

प्रहरीका अनुसार इमाडोलस्थित सार्वजनिक स्थलमा भट्टले एक महिलाप्रति अश्लील व्यवहार गर्दै गोप्य अङ्ग प्रदर्शन गरेका थिए। पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *