🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन विदेशी महिला पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक स्थानमा अश्लील गतिविधि गरी स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख–हैरानी दिएको तथा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन विदेशी महिला पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८३ असार २० गते काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सडकखण्डमा बाटो हिँडिरहेका विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्दै दुःख–हैरानी दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गर्न खोज्दा उल्टै प्रहरी कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै धक्कामुक्का गर्ने प्रयास गरेको जनाएको छ। त्यसपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *