🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्पोर्ट्स कारबाट १०२ केजी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

पर्सा, २२ असार । पर्सामा प्रहरीले १०२ केजीभन्दा बढी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लाको जगरनाथपुर गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष जाँचका क्रममा १०२ केजी ६३८ ग्राम गाँजा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जगरनाथपुर–२ सोनबर्साबाट भारततर्फ जाँदै गरेको BR01CU3544 नम्बरको सेतो स्पोर्ट्स कार लाई रोकी खानतलासी गर्दा कारभित्र लुकाइराखिएको १० पोका गाँजा फेला परेको थियो। बरामद गाँजाको कुल तौल १०२ केजी ६३८ ग्राम रहेको प्रहरीले जनाएको छ।

घटनामा कार चालक भारतको बेतिया, नवलपुर बस्ने अन्दाजी ३२ वर्षीय गुडु बर्मा लाई गाँजा र उक्त सवारी साधनसहित पक्राउ गरिएको छ।

पक्राउ परेका गुडु बर्मा, बरामद गरिएको गाँजा तथा कारलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया मा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *