🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

डा.चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार हो : संघ

काठमाडौं। नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । मिति २०८३ असार २० गते शनिबार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा.चेतना पौडेललाई अनावश्यक विवादमा तानेको समेत आरोप लगाएका छन् ।

९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रममा संघका अध्यक्ष डा.जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताए । विश्व भरी प्रभावकारी बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको डा.बस्नेतको कथन छ ।

‘पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा प्राकृतिक चिकित्साप्रतिको बुझाइमा अस्पष्टताले समस्या बढिरहेको छ,’ डा.बस्नेतले भने ।

डा.चेतना पौडेलको गिरफ्तारी र राज्यको अनुसन्धान प्रक्रिया प्राकृतिक चिकित्सामाथिको प्रहार भएको समेत बस्नेतको आरोप छ । डा.चेतानाले ‘राजिब गान्धी युनिभर्सिटी अफ हेल्थ साईन्स’ बैङलोरबाट साढे ५ वर्षको मेडिकल कोर्ष अध्ययन पूरा गरी २१ वर्षदेखि चिकित्सकीय अभ्यासमा रहेको बताउँदै बस्नेतले भने, ‘२ दशक बढी डाक्टरी पेसा गरिरहनु भएकी उहाँ कसरी नक्कली डाक्टर हुनुभयो ।’

डा.चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भई दुई दशक बढी यही पेसा गरिरहँदा पूर्वाग्रहीत साँधिएको भन्दै दुःखे सो व्यक्त गरिन् ।

प्रा.डा.सञ्जय पोखरेलले विश्व भरी प्रभावशाली बन्दै गइरहेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । डा.चेतना पौडेललाई राज्यले अनावश्यक विवादमा तानेर प्राकृतिक चिकित्सामाथि प्रहार गरेको पोखरेलको आरोप छ ।

डा.हेमराज कोइरालाले प्राकृतिक चिकित्साको विकास क्रमबारे प्रष्ट पार्दै सो चिकित्सा पद्धतिको उद्गम थलो नेपालमा नै हेलाँमा परेको भन्दै दुःखे सो व्यक्त गरे ।

डा.रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस (बिएनवाईएस) प्रभावकारी, प्रमाणित चिकित्सा भएको र अत्यावश्यक रहेको पनि बताए । श्रेष्ठले योग तथा प्राकृतिक चिकित्साको नेपालमा कानुनी मान्यताको बारेमा तत्थ्यहरु प्रस्तुत गरेका थिए ।

डा.सन्जु खईजुले यो चिकित्सालाई प्रभावकारी तथा महत्वलाई बढाउन राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा अध्ययन पुरा गरेका नयाँ डाक्टरहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *