🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णालीको भेलमा हरायो गाडी, यात्रुको अत्तोपत्तो छैन : सोनार क्यामरा र म्याग्नेटसहित गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहितको गोताखोर टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार जना गोताखोरसहितको टोली घटनास्थलतर्फ खटिएको हो । उक्त टोली २०८३ असार १९ गते कुरिनटारबाट प्रस्थान गरेको र असार २० गते घटनास्थल पुगेर खोजीकार्यमा संलग्न हुने जनाइएको छ ।

टोलीले पानीमुनि तथा तीव्र बहाव भएको नदी क्षेत्रमा खोजी गर्न प्रयोग हुने सोनार क्यामरा, म्याग्नेटलगायतका आधुनिक उपकरणसमेत साथमा लगेको छ । कर्णाली नदीको गहिराइ, तीव्र बहाव र दुर्घटनास्थलको कठिन भौगोलिक अवस्थाका कारण खोजीकार्य चुनौतीपूर्ण बनेपछि विशेष उपकरणसहितको टोली खटाइएको हो ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते कर्णाली राजमार्गबाट अन्दाजी ६ देखि ७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनापछि गाडी र त्यसमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस तथा थप मद्दतका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत उद्धार टोली परिचालन गरिएको थियो । सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली पनि घटनास्थलमा खटिएको थियो ।

दुर्घटना भएकै दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव निकालिएको थियो । तर, गाडी र अन्य यात्रु भने अझै फेला पर्न सकेका छैनन् ।

कर्णाली नदीको पानीको बहाव, अप्ठ्यारो भीर, गहिरो नदी क्षेत्र र दुर्गम भू–बनोटका कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भइरहेको सुरक्षा स्रोतले जनाएको छ । आधुनिक उपकरणसहितको टोली पुगेपछि बेपत्ता गाडी र यात्रुको खोजी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी र उद्धार टोली निरन्तर खोजीकार्यमा जुटिरहेका छन् । बेपत्ता यात्रुका आफन्त भने आफ्ना प्रियजनको अवस्थाबारे खबर आउने प्रतीक्षामा चिन्तित अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *