🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि मुगुमा सामूहिक सहभोज

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गरेको छ।

मिति २०८३ असार १९ गते शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मीका दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो।

जातीय विभेद सामाजिक अपराध भएको सन्देश प्रवाह गर्दै समाजमा समानता, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले सहभागीहरू एउटै स्थानमा बसेर सहभोजमा सहभागी भएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक सद्भाव र व्यवहारिक रूपमा समानताको अभ्यास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद अन्त्यका लागि कानुन मात्र पर्याप्त नभई व्यवहारमै परिवर्तन आवश्यक रहेको बताए।

‘सहभोज सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण यात्रा हो। बाहिर छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा अझै विभेद कायम छ। यदि कसैले जातीय आधारमा छुवाछुत गरेको पाइए कानुनअनुसार कारबाही गरिनेछ,’ उनले भने।

नगरप्रमुख भामले दुर्गम क्षेत्रका दलित समुदायका समस्या समाधान तथा परम्परागत पेसाको संरक्षण र प्रवद्र्धनका लागि देशभरका स्थानीय तहमध्ये पहिलोपटक दलित नीति तथा कार्यविधि पारित गरिएको पनि जानकारी दिए।

दलित अधिकारकर्मी बलराम शाहनीले जातीय विभेद अन्त्यका लागि सहभोजजस्ता व्यवहारिक अभ्यास प्रभावकारी हुने बताए।

‘सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ। आगामी दिनमा सदरमुकाममा मात्र होइन, गाउँगाउँमा पुगेर धामी–झाँक्रीलगायत स्थानीय समुदायलाई पनि सहभागी गराउन सके यसको प्रभाव अझ व्यापक हुनेछ,’ उनले भने।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले जातीय विभेद अन्त्यका लागि सोचाइसँगै व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए।

छायाँनाथ रारा नगरपालिकाको दलित हेल्प डेस्कमा कार्यरत कालिबहादुर नेपालीले सहभोज सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै जातीय विभेद अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत विष्णु पौड्यालले ‘जात होइन, मानवताको आधारमा सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ। छुवाछुत व्यवहारमै अन्त्य नभएसम्म कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन,’ भन्दै सहअस्तित्व, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *