🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खेमनाथ दाहालको ‘अहोरात्र’ अब अडियोबुकमा : प्रवासी नेपाली जीवन, दर्शन र सभ्यताको श्रव्य यात्रा

गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक, वरिष्ठ वाचक गणेश सुवेदीको सशक्त वाचनले कृतिलाई थप जीवन्त बनायो

काठमाडौं । नेपाली साहित्यका चर्चित स्रष्टा खेमनाथ दाहालको बहुचर्चित कृति ‘अहोरात्र’ अब अडियोबुकका रूपमा सार्वजनिक भएको छ । गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त अडियोबुकमा वरिष्ठ वाचक गणेश सुवेदीको प्रभावशाली वाचन रहेको छ ।

साहित्यप्रेमी तथा श्रव्य सामग्री रुचाउने श्रोताले अब ‘अहोरात्र’लाई सुनेर यसको साहित्यिक, दार्शनिक र भावनात्मक गहिराइको अनुभूति गर्न सक्ने भएका छन् । व्यस्त जीवनशैलीका कारण पुस्तक पढ्न समय अभाव हुने पाठकदेखि दृष्टिविहीन साहित्यप्रेमीहरूका लागि समेत यो अडियोबुक महत्वपूर्ण उपलब्धि मानिएको छ ।

‘अहोरात्र’ केवल एउटा साहित्यिक कृति मात्र होइन, मानव जीवन, अध्यात्म, संस्कृति, सभ्यता र प्रवासी नेपाली अनुभवको गहिरो चित्रण गर्ने सिर्जना हो । यसमा विशेषगरी अमेरिकी भूमिमा रहेका नेपालीहरूको जीवन–संघर्ष, प्रवासी पीडा, सांस्कृतिक द्वन्द्व र मातृभूमिप्रतिको भावनात्मक सम्बन्धलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

आधुनिक विश्वव्यापी परिवेशमा नेपाली पहिचान कसरी जोगाउने ? प्रवासमा रहँदा भाषा, संस्कृति, संस्कार र मातृभूमिसँगको सम्बन्ध कसरी बचाइराख्ने ? यस्ता गम्भीर प्रश्नहरू कृतिले संवेदनशील ढंगले उठाएको छ । यही कारण ‘अहोरात्र’लाई प्रवासी नेपाली जीवनको भावनात्मक दस्तावेजका रूपमा पनि लिन सकिन्छ ।

यस कृतिमा हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका मूलभूत दर्शन, मानवीय मूल्य तथा आध्यात्मिक चेतनाको तुलनात्मक दृष्टि भेटिन्छ । पूर्वीय दर्शनभित्र निहित ज्ञान, करुणा, सहिष्णुता र मानवतावादी चेतनालाई लेखक दाहालले समकालीन विश्व सन्दर्भसँग जोड्नुभएको छ । धर्मलाई विभाजनको आधारका रूपमा होइन, मानव सभ्यताको साझा चेतनाका रूपमा प्रस्तुत गर्नु यस कृतिको उल्लेखनीय विशेषता हो ।

लेखक दाहालले ‘अहोरात्र’मार्फत शान्ति, सहअस्तित्व, विश्वबन्धुत्व र मानवीय एकताको सन्देश प्रवाह गर्नुभएको छ । साहित्य, दर्शन र अध्यात्मको संयोजनले कृतिलाई केवल पठनीय मात्र होइन, मननयोग्य पनि बनाएको छ । अब अडियोबुकका रूपमा उपलब्ध भएसँगै यसको पहुँच देश–विदेशमा रहेका नेपाली श्रोतामाझ अझ फराकिलो हुने अपेक्षा गरिएको छ ।

वरिष्ठ वाचक गणेश सुवेदीको भावपूर्ण वाचनले कृतिको सौन्दर्यलाई अझ जीवन्त बनाएको छ । शब्द, भावना र दर्शनलाई स्वरमार्फत श्रोतासम्म पुर्‍याउने उहाँको प्रस्तुति अडियोबुकको महत्वपूर्ण पक्ष बनेको छ ।

नेपाली साहित्यमा राष्ट्रिय भावना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई सशक्त अभिव्यक्ति दिने स्रष्टामध्ये खेमनाथ दाहाल अग्रणी नामका रूपमा परिचित हुनुहुन्छ । तेह्रथुमको लाब्रीमा जन्मिनुभएका दाहाल हाल काठमाडौंलाई कर्मथलो बनाएर निरन्तर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ ।

कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास, नियात्रा, समीक्षा तथा गीत–सिर्जनाका विविध विधामा दाहालले उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ । उहाँका ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य तथा ‘श्रद्धाञ्जलि’, ‘योद्धा’, ‘हावर्डको चौतारीमा’‘म त बन्दी भएको छु’ जस्ता कविता संग्रहले नेपाली साहित्यमा आफ्नै स्थान बनाएका छन् ।

त्यस्तै, ‘यात्राको सिकर्नी’ नियात्रा र ‘सिर्जनामा दृष्टि’ समीक्षासंग्रह पनि पाठकमाझ चर्चित छन् । पछिल्लो समय उहाँका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’‘बित्छ बिहान आमाको’ जस्ता गीतहरूले राष्ट्रिय चेतना, सामाजिक उत्तरदायित्व र मातृत्वप्रतिको संवेदनालाई प्रभावशाली ढंगले अभिव्यक्त गरेका छन् ।

यी गीतहरू विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा सन्तोषज्ञानु राणाको स्वरमा रहेका छन् । दाहालका केही नयाँ गीत पनि श्रोता तथा दर्शकमाझ आउने तयारीमा रहेको बताइएको छ ।

‘अहोरात्र’को अडियोबुक सार्वजनिक भएसँगै नेपाली श्रव्य साहित्यले थप नयाँ आयाम प्राप्त गरेको साहित्यिक वृत्तमा चर्चा छ । साहित्य, दर्शन, अध्यात्म र मानवीय चेतनाको संगमका रूपमा रहेको यो कृति अब सुन्ने माध्यमबाट पनि पाठक–श्रोतामाझ पुग्ने भएको छ ।

गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत उपलब्ध यस अडियोबुकले देश–विदेशमा रहेका नेपाली साहित्यप्रेमीमाझ खेमनाथ दाहालको सिर्जनालाई अझ व्यापक रूपमा पुर्‍याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *