🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

चीनसँगको व्यापार असन्तुलन अन्त्य गर्न इयू कडा कदम चाल्ने तयारीमा

कोर्क, आयरल्यान्ड, १९ असार (रासस/एएफपी) : युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको र चीनसँगको इयूको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले शुक्रबार उल्लेख गर्नुभएको छ।

युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको उहाँले बताउनुभयो ।

यो साता युरोपेली र चिनियाँ उच्च व्यापार अधिकारीहरूबीच भएको वार्तापछि यो टिप्पणी आएको हो । त्यसैगरी इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले अक्टोबरसम्म बेइजिङसँगको छलफलबाट ‘ठोस नतिजा’ चाहेको बताउनुभएको छ ।

भोन डेर लेयेनले आयरल्यान्डले ब्लकको छ महिने अध्यक्षता सुरु गरेको अवसरमा कोर्क शहरको भ्रमणका क्रममा इयूले चीनसँग संवाद जारी राख्नुपर्ने बताउनुभएको हो । “संवादले नतिजा पनि दिनुपर्छ,” चीनसँगको संवादलाई सङ्केत गर्दै भोन डेर लेयेनले थप्नुभयो ।

‘युरोपेली बजारमा आउने अनुदान प्राप्त अत्यधिक क्षमताका सामानदेखि लिएर चिनियाँ बजारमा हाम्रा कम्पनीहरूलाई बजार पहुँचको कमी रहेको भन्दै यस बिषयमा उहाँले इयूले वार्तामा ‘अत्यन्त स्पष्ट’ हुनुपर्ने बताउनुभयो । ‘अनुदानका कारण हुने अनुचित प्रतिस्पर्धा’ को पनि उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी हाम्रो बजारमा अब यो देख्न चाहँदैनौँ।”

सन् २००५ देखि सन् २०२४ सम्म चिनियाँ कम्पनीहरूलाई सरकारबाट आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसीडी) देशका कम्पनीहरूको तुलनामा तीनदेखि आठ गुणा बढी सहयोग प्राप्त भएको थियो। भोन डेर लेयेनले परिवर्तन नदेखिए इयूले कडा कदम लिन तयार रहेको चेतावनी दिनुभयो ।

“हामी आधारभूत रूपमा सबैका लागि तयार छौँ, हामीसँग सबै उपाय छन् र आवश्यक परे अन्य विकल्पबारे पनि सोचिरहेका छौँ,” उहाँले भन्नुभयो ।

गत महिना इयू नेताहरूले व्यापार नीतिमा नेतृत्व गर्ने आयोगलाई वार्ता जारी राख्न र समूहका उद्योगहरूलाई बचाउन नयाँ उपाय तयार पार्न निर्देशन दिनुभएको थियो ।

विभिन्न २७ युरोपेली मुलुकको समूह इयूको चीनसँगको वस्तु व्यापार घाटा सन् २०२५ मा करिब ३६० अर्ब युरो पुगेको थियो, अर्थात् इयूले चीनबाट निकासीभन्दा निकै बढी आयात गरेको थियो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *