🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक र एपीएफ विद्यालयबीच अनुभव आदानप्रदान : गुणस्तरीय शिक्षा/सहकार्यमा जाेड !

नेपाल एपीएफ स्कूल कीर्तिपुरको टोलीद्वारा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको निरीक्षण, शैक्षिक तथा व्यवस्थापकीय अभ्यासबारे अन्तरक्रिया

काठमाडौं । समान उद्देश्य र अनुशासनमा आधारित शैक्षिक संस्थाहरूबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल एपीएफ स्कूल, कीर्तिपुरको टोलीले विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरेको छ।

२०८३ असार १९ गते सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालको नेतृत्वमा आएको निरीक्षण टोलीले महाविद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय पक्षबारे जानकारी लिएको हो।

भ्रमणका क्रममा महाविद्यालयकी प्राचार्य कान्ती थापा कार्कीले विद्यालयको समग्र परिचय, शैक्षिक गतिविधि, उपलब्धि, अनुशासन प्रणाली तथा संस्थागत विकासबारे ब्रीफिङ प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, व्यवस्थापक अधिकृत प्रमुख सेनानी कञ्चना सिंहले महाविद्यालयको बन्दोबस्ती, व्यवस्थापन तथा प्रशासनिक संरचनाबारे जानकारी दिनुभएको थियो।

त्यसपछि दुवै विद्यालयका शिक्षक प्रतिनिधिहरूबीच शैक्षिक अभ्यास, प्रशासनिक प्रणाली, व्यवस्थापकीय अनुभव र असल कार्यप्रणालीबारे रचनात्मक अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन, गुणस्तरीय शिक्षण, अतिरिक्त क्रियाकलाप र संस्थागत सुधारका विषयमा अनुभव आदानप्रदान गरेका थिए।

सैनिक तथा सुरक्षा निकायसँग सम्बन्धित शैक्षिक संस्थाहरूमा अनुशासन, नेतृत्व विकास, राष्ट्रप्रेम र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिइँदै आएको छ। यसै सन्दर्भमा भएको निरीक्षण तथा अनुभव आदानप्रदान कार्यक्रमले दुवै संस्थाबीच आपसी सहकार्य र सिकाइको वातावरण अझ बलियो बनाउने विश्वास लिइएको छ।

दुवै संस्थाले यस्ता कार्यक्रमबाट समान प्रकृतिका शैक्षिक संस्थाहरूबीच असल अभ्यासको प्रवर्द्धन हुने, व्यवस्थापकीय दक्षता बढ्ने र विद्यालयको समग्र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *