🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैदेशिक रोजगारीको सपना बेच्दै ३९ लाख ठगी : आयरल्याण्ड र युएई पठाउने भन्दै सरोज पन्त र अनिल खत्री प क्राउ

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन, विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा सरोज पन्त र अनिल खत्री नियन्त्रणमा

काठमाडौं । बेरोजगारीको पीडामा रहेका युवायुवतीलाई आकर्षक तलब र सुरक्षित भविष्यको सपना देखाएर वैदेशिक रोजगारीका नाममा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न देश पठाइदिन्छु भन्दै रकम उठाएर लामो समयसम्म झुक्याउने र पछि सम्पर्कविहीन हुनेहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि आयरल्याण्ड र युएई पठाइदिने आश्वासन दिँदै पीडितहरूबाट रकम असुलेको आरोपमा सरोज पन्तअनिल खत्री पक्राउ परेका हुन्। उनीहरूविरुद्ध पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै विदेश पठाउने भन्दै लामो समयसम्म झुक्यानमा राखिएको थियो। रकम बुझाएपछि पनि विदेश नपठाइएको र पछि सम्पर्कविहीन भएको भन्दै पीडितहरू प्रहरीको सम्पर्कमा पुगेका थिए। जाहेरीका आधारमा अनुसन्धान गर्दा ठगीमा संलग्न रहेको देखिएपछि दुवै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ३८ वर्षीय सरोज पन्त रहेका छन्। प्रहरीले जनाएअनुसार उनले एक जनालाई आयरल्याण्ड पठाइदिने भन्दै रु. १६ लाख लिएको आरोप छ। पन्तलाई २०८३ असार १८ गते काठमाडौं महानगरपालिका-८ बाट पक्राउ गरिएको हो।

त्यसैगरी रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–३ बस्ने २२ वर्षीय अनिल खत्री पनि पक्राउ परेका छन्। उनीमाथि युएई पठाइदिने भन्दै ६ जना पीडितबाट रु. २३ लाख लिएको आरोप लागेको छ। खत्रीलाई २०८३ असार १९ गते काठमाडौं टोखा नगरपालिका-६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसरी दुई जनामाथि कुल रु. २९ लाख बराबरको रकम ठगी गरेको आरोप लागेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

वैदेशिक रोजगारी नेपाली युवाको ठूलो आशा र बाध्यता दुवै बनेको छ। यही बाध्यतालाई अवसर बनाएर केही व्यक्तिले आकर्षक तलब, छिटो भिसा, राम्रो कम्पनी र सजिलो प्रक्रिया भन्दै रकम उठाउने क्रम बढ्दो देखिएको छ। कागजात, इजाजतपत्र र संस्थागत वैधता नहेरी व्यक्तिगत विश्वासका भरमा रकम बुझाउँदा धेरै युवायुवती ठगीको मारमा पर्ने गरेका छन्।

प्रहरीले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई कुनै पनि व्यक्ति वा संस्थालाई रकम बुझाउनु अघि सम्बन्धित निकायबाट आधिकारिकता पुष्टि गर्न, लिखित सम्झौता गर्न, बैंकिङ माध्यमबाट मात्र कारोबार गर्न र अस्वाभाविक प्रलोभनमा नपर्न आग्रह गरेको छ। वैदेशिक रोजगारीको नाममा देखाइने ‘सपनाको व्यापार’बाट जोगिन सावधानी नै पहिलो सुरक्षा भएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *