🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
एआईजीपीहरू डा. मनोज केसी, सुशील सिंह राठौर / उमा चतुर्वेदी

एआईजी सरुवा : काठमाडौं उपत्यका, अपराध अनुसन्धानदेखि सीआईबीसम्म नेतृत्व फेरियो

सरुवा भएका एआईजी र जिम्मेवारी एआईजी सरुवा भएको स्थान राजन अधिकारी, प्रहरी एकेडेमी डा. मनोज केसी, अपराध अनुसन्धान विभाग सिद्धि विक्रम शाह कार्य विभाग सुशील सिंह राठौर काठमाडौं उपत्यका प्रहरी कार्यालय उमा चतुर्वेदी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) डम्बर बिक, प्रशासन विभाग हिमालय श्रेष्ठ, प्रदेश समन्वय विभाग ईश्वर कार्की, मानवस्रोत विभाग

काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक वर्षे कार्यकाल पूरा गरेका एआईजीहरूको जिम्मेवारी हेरफेर गरेको स्रोतले बताएको छ ।

प्रहरी संगठनभित्र महत्वपूर्ण मानिने अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रशासन विभाग, मानवस्रोत विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग र प्रहरी एकेडेमीमा नेतृत्व परिवर्तन भएको हो ।

स्रोतका अनुसार प्रहरी एकेडेमीमा राजन अधिकारी, अपराध अनुसन्धान विभागमा डा. मनोज केसी, कार्य विभागमा सिद्धि विक्रम शाहकाठमाडौं उपत्यका प्रहरी कार्यालयमा सुशील सिंह राठौरको सरुवा भएको छ ।

त्यसैगरी, प्रहरी संगठनकै संवेदनशील मानिने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उमा चतुर्वेदीलाई पठाइएको छ । प्रशासन विभागमा डम्बर बिक, प्रदेश समन्वय विभागमा हिमालय श्रेष्ठमानवस्रोत विभागमा ईश्वर कार्कीको सरुवा भएको स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरीभित्र एआईजीको सरुवा केवल नियमित प्रशासनिक प्रक्रिया मात्र मानिँदैन । अपराध अनुसन्धानको दिशा, प्रदेश समन्वय, संगठनभित्रको जनशक्ति व्यवस्थापन, सरुवा–बढुवा प्रणाली, प्रहरी तालिम तथा राजधानीको सुरक्षा व्यवस्थासँग प्रत्यक्ष जोडिने भएकाले यो निर्णयलाई प्रहरी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेषगरी सीआईबी, अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हुने नेतृत्व परिवर्तनले आगामी दिनमा ठूला अनुसन्धान, आर्थिक अपराध, संगठित अपराध, साइबर तथा बैंकिङ कसुर, ठगी, फरार अभियुक्त पक्राउ र राजधानीको शान्ति सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा प्रहरीभित्र चासो बढेको छ ।

सरकारले यस सरुवालाई नियमित प्रक्रिया भने पनि प्रहरी संगठनभित्र भने यसलाई भावी नेतृत्व समीकरण, जिम्मेवारी सन्तुलन र संवेदनशील निकायमा विश्वासपात्र अधिकृत परिचालनको संकेतका रूपमा समेत व्याख्या गर्न थालिएको छ ।

मन्त्रिपरिषद् निर्णयको औपचारिक सूची सार्वजनिक भएपछि सरुवा कार्यान्वयनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

सरुवा भएका एआईजी र जिम्मेवारी

एआईजीसरुवा भएको स्थान
राजन अधिकारीप्रहरी एकेडेमी
डा. मनोज केसीअपराध अनुसन्धान विभाग
सिद्धि विक्रम शाहकार्य विभाग
सुशील सिंह राठौरकाठमाडौं उपत्यका प्रहरी कार्यालय
उमा चतुर्वेदीकेन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)
डम्बर बिकप्रशासन विभाग
हिमालय श्रेष्ठप्रदेश समन्वय विभाग
ईश्वर कार्कीमानवस्रोत विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *