🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मौलिक दुवाललाई दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार !

रजत महोत्सवका अवसरमा एपीएफ स्कूल कीर्तिपुरका छात्र दुवाल सम्मानित

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार’ यस वर्ष नेपाल एपीएफ स्कूल, कीर्तिपुरमा अध्ययनरत छात्र मौलिक दुवाललाई प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघको २५औं वार्षिकोत्सव अर्थात् रजत महोत्सवको अवसर पारेर २०८३ असार १७ गते आयोजित कार्यक्रममा दुवाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । स्व. पाठककै ब्याचका सहकर्मी अधिकृतसमेत रहनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाले दुवाललाई पुरस्कार प्रदान गर्नुभएको हो ।

दुवाल संगीत विधाअन्तर्गत वाद्यवादन र गायनमा उत्कृष्ट ठहरिएपछि यस वर्षको पुरस्कारका लागि छनोट भएका हुन् । नेपाल एपीएफ स्कूलमा अध्ययनरत विद्यार्थीहरूमा संगीतप्रतिको रुचि, प्रतिभा र साधनालाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसअघि उक्त पुरस्कार नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कूल, शम्भुनाथ सप्तरीका छात्र प्रज्वल पौडेल तथा नेपाल एपीएफ स्कूल, कीर्तिपुरका छात्रहरू रायन घिमिरे, आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।

स्व. पाठकको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मी अधिकृतहरूले सामूहिक रूपमा २०७३ सालमा अक्षयकोष स्थापना गरेका थिए । सोही अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवका अवसरमा नेपाल एपीएफ स्कूलमा अध्ययनरत संगीततर्फ उत्कृष्ट हुने छात्र वा छात्रालाई पुरस्कार प्रदान गरिँदै आएको छ ।

गीत–संगीतमा गहिरो रुचि राख्ने स्व. दुर्गाबावु पाठक २०६०/६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टार प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल हुनुभएको थियो । उहाँले आठौं कालिका म्युजिक अवार्डमा ‘बेस्ट आर्टिस्ट’को उपाधिसमेत हात पार्नुभएको थियो ।

२०६४ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गर्नुभएका पाठकले ‘पंक्षी’‘निन्द्रा लाग्दैन’ गरी दुई एल्बम बजारमा ल्याउनुभएको थियो । गीत लेख्ने, संगीत दिने र आफैं गाउने क्षमता भएका पाठकलाई संगठनभित्र प्रतिभाशाली, अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार अधिकृतका रूपमा सम्झिने गरिन्छ ।

कर्तव्य पालनाको सिलसिलामा रहँदा २०७२ चैत २८ गते धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परी उहाँको निधन भएको थियो । उहाँको सांगीतिक प्रतिभा र संगठनप्रतिको योगदानलाई अमर राख्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कारले नयाँ पुस्ताका विद्यार्थीलाई संगीत क्षेत्रमा अघि बढ्न प्रेरणा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *