🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा काठको अस्थायी साँघु निर्माण

काठमाडौं । लगातारको वर्षापछि बाजुराको कुवाडी खोलामा पानीको बहाब बढ्दा स्थानीयवासीको आवतजावत प्रभावित बनेको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३, च्याचोर नजिकै रहेको कुवाडी खोलामा पानीको सतह बढेर पुरानो साँघु बगाएपछि स्थानीयलाई दैनिक आउजाउमा समस्या भएको हो ।

खोलामा रहेको पुरानो साँघु बगेपछि सो क्षेत्रका स्थानीयवासी, विद्यार्थी, किसान तथा पशुचौपायाको आवतजावत अवरुद्ध भएको थियो । बर्खायाम सुरु भएसँगै खोला तर्न जोखिम बढेपछि स्थानीयहरू त्रासमा परेका थिए ।

सो अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस लाम्पाटानेपाल प्रहरीको संयुक्त टोली तत्काल परिचालित भएको थियो । सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा कुवाडी खोलामाथि काठको कच्ची साँघु निर्माण गरेको हो ।

अस्थायी साँघु निर्माण भएपछि स्थानीयवासीलाई दैनिक आवतजावत सहज भएको छ भने पशुचौपाया वारपार गराउनसमेत राहत मिलेको छ । खोलामा बहाब बढेका कारण जोखिममा रहेका स्थानीय र पशुचौपायाको आवतजावत व्यवस्थापनमा सुरक्षाकर्मीले सहयोग पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ ।

बर्खायाममा बाजुराका दुर्गम बस्तीहरूमा खोला–नाला उर्लिएपछि आवतजावतमा समस्या देखिने गरेको छ । सडक तथा पक्की पुलको पहुँच नपुगेका स्थानमा स्थानीय अझै पनि काठे साँघु र अस्थायी संरचनामा निर्भर रहन बाध्य छन् ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार कुवाडी खोलामा पानीको बहाब बढेपछि पुरानो साँघु बगेको र तत्काल स्थानीयको आवतजावत सहज बनाउन काठको अस्थायी साँघु निर्माण गरिएको हो ।

दुर्गम क्षेत्रमा बर्खायामले ल्याउने जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वय अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता यो घटनाले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *