🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अनुगमनका क्रममा प्राविधिकमाथि आ क्रमण, ६ जना नियन्त्रणमा

टक्सार (भोजपुर), १६ असार : भोजपुर–मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ । शाहको टाउकोमा गम्भीर चोट पुगेको छ । अनुसन्धानका लागि छ जना कामदारलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई प्रहरीले अनुसन्धानका लागि रेखदेखमा लिएको छ । घटनाको दुवै तर्फबाट यथार्थ विवरण लिएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

कार्यक्षेत्रमा हुने घटनाले सुरक्षा चुनौती बढेको भन्दै पूर्वाधार विकास कार्यालय भोजपुरले संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *