🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

इजरायलमा नेपालका नगर प्रमुखद्वारा आपतकालीन सेवा प्रणाली अवलोकन

पोखरा, काठमाडौं र जनकपुरधामका प्रतिनिधि एमडीएको मुख्यालय, रक्त सेवा केन्द्र र इमर्जेन्सी डिस्प्याच सेन्टरमा

काठमाडौं, १२ असार । नेपालका तीन स्थानीय तहका प्रमुखसहितको प्रतिनिधिमण्डलले इजरायलको राष्ट्रिय आपतकालीन चिकित्सा, विपद्, एम्बुलेन्स तथा रक्त सेवा संस्था मागेन डेभिड अदोम ९एमडीए० का विभिन्न संरचना तथा सेवा प्रणालीको अवलोकन गरेको छ ।

इजरायलको परराष्ट्र मन्त्रालयको पब्लिक डिप्लोमेसी डिभिजन र मागेन डेभिड अदोमको सहकार्यमा आयोजित ‘म्युनी एक्स्पो कन्फरेन्स २०२६’ का क्रममा नेपालसहित विश्वका विभिन्न मुलुकका ३० नगर प्रमुखहरूले एमडीएका रामला र जेरुसेलमस्थित सुविधा केन्द्रहरूको भ्रमण गरेका हुन् । इजरायलको नगरपालिका क्षेत्रका लागि प्रमुख सम्मेलन तथा नवप्रवर्तन प्रदर्शनीका रूपमा रहेको म्युनी एक्स्पो २०२६ जुन २३ र २४ तारिखमा सम्पन्न भएको थियो ।

नेपालबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह सुडी सहभागी हुनुभएको थियो । प्रतिनिधिमण्डलमा काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाको समेत सहभागिता रहेको थियो ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले एमडीएको राष्ट्रिय मुख्यालय तथा अपरेसन सेन्टर, अत्याधुनिक राष्ट्रिय रक्त सेवा केन्द्र, राष्ट्रिय मानव दूध बैंक, एमडीए प्यारामेडिक स्कुल र राष्ट्रिय आपतकालीन डिस्प्याच सेन्टरको अवलोकन गरेको थियो । साथै, उनीहरूलाई इजरायलले प्रयोग गर्दै आएका विशिष्ट प्रकृतिका आपतकालीन सवारीसाधन, उद्धार प्रविधि तथा विपद् प्रतिकार्य प्रणालीबारे जानकारी गराइएको थियो ।

नेपाली प्रतिनिधिहरूले नियमित सेवा सञ्चालनदेखि युद्ध, विपद् तथा आपतकालीन अवस्थामा जीवनरक्षक सेवा कसरी प्रभावकारी रूपमा परिचालन गरिन्छ भन्नेबारे जानकारी लिएका थिए । एमडीएका अधिकारीहरूले आपतकालीन तयारी, विपद् व्यवस्थापन, एम्बुलेन्स परिचालन, रक्त सेवा, चिकित्सा उद्धार तथा प्रविधिमैत्री आपतकालीन व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

एमडीएका महानिर्देशक एली बिनले नेपाल, पानामा र चिलीका नगर प्रमुखहरूलाई स्वागत गर्न पाउँदा आफूहरू खुसी भएको बताउनुभएको छ । उहाँले एमडीएको गतिविधिबारे जानकारी दिने, साझा चुनौती र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गर्ने तथा एमडीएले आर्जन गरेको विस्तृत कार्यानुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “इजरायलको राष्ट्रिय आपतकालीन चिकित्सा, विपद्, एम्बुलेन्स र रक्त सेवा संस्था मागेन डेभिड अदोममा नेपाल, पानामा र चिलीका नगर प्रमुखहरूलाई स्वागत गर्न पाउँदा हामी खुसी छौँ । एमडीएको गतिविधिबारे जानकारी दिन, साझा चुनौती र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गर्न तथा एमडीएले हासिल गरेको व्यापक परिचालन अनुभव बाँड्न पाउनु महत्वपूर्ण अवसर हो ।”

उहाँले यो महत्वपूर्ण पहलमार्फत एमडीए र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्ध सुदृढ गर्न भूमिका खेलेको भन्दै इजरायलको परराष्ट्र मन्त्रालयलाई धन्यवादसमेत दिनुभएको छ । उहाँका अनुसार नगर प्रमुखहरूले एमडीएका अत्याधुनिक जीवनरक्षक प्रविधि र क्षमतामात्र नभई इजरायली समाजका सबै समुदायलाई जीवनरक्षाको साझा उद्देश्यमा जोड्ने एमडीएको मानवीय विविधताबारे पनि जानकारी लिएका थिए ।

उक्त भ्रमण आपतकालीन चिकित्सा सेवा, विपद् पूर्वतयारी, उद्धार प्रणाली, प्रविधि प्रयोग र स्थानीय तहबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि उपयोगी रहेको आयोजकले जनाएको छ । नेपालका स्थानीय तहका प्रतिनिधिहरूका लागि पनि ती अनुभवहरू शहरी विपद् व्यवस्थापन, एम्बुलेन्स सेवा, आपतकालीन स्वास्थ्य संरचना र नगरस्तरीय पूर्वतयारी प्रणाली विकासका दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *