🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीकै गाडीमाथि ट्राफिक कारबाही : सुशासनको संकेत कि देखावटी सन्देश ?

काठमाडौं, ११ असार । ट्राफिक नियम उल्लङ्घन गर्ने जो–कोही पनि कानूनभन्दा माथि छैनन् भन्ने सन्देशसहित नेपाल प्रहरीले आफ्नै संगठनको सवारी साधनमाथि कारबाही गरेर देखाएको छ । फुटपाथमा सवारी रोकेर ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै नेपाल प्रहरीकै सवारी चालकलाई कारबाही गरिएको हो ।

सामान्यतया सरकारी सवारी, सुरक्षा निकायका गाडी वा प्रभावशाली निकायसँग जोडिएका सवारी साधनमाथि नियम उल्लङ्घन हुँदा पनि बेवास्ता हुने गरेको जनगुनासो सुनिँदै आएको अवस्थामा प्रहरीकै गाडीमाथि गरिएको कारबाहीलाई सकारात्मक कदमका रूपमा हेरिएको छ । नेपाल प्रहरीले नियम उल्लङ्घन गर्ने सबैलाई कानूनअनुसार समान रूपमा कारबाही गरिने उल्लेख गर्दै ट्राफिक नियम पालना गर्न सर्वसाधारणलाई समेत आग्रह गरेको छ ।

फुटपाथ पैदलयात्रीका लागि सुरक्षित आवागमनको स्थान हो । तर राजधानी काठमाडौंलगायत देशका  विभिन्न शहर र स्थानमा फुटपाथमाथि सवारी रोकिने, पसल तथा निर्माण सामग्री राखिने, मोटरसाइकल पार्किङ गरिने जस्ता प्रवृत्तिले पैदलयात्री जोखिममा पर्दै आएका छन् । यस्तो अवस्थामा प्रहरीकै सवारी साधन फुटपाथमा रोकिएको विषय स्वयंमा गलत अभ्यास भए पनि त्यसमा कारबाही हुनु भनेकाे संस्थागत उत्तरदायित्वतर्फको सानो तर अर्थपूर्ण संकेत मान्न सकिन्छ ।

सुशासनको संकेत, तर निरन्तरता आवश्यक

प्रहरीले आफ्नै गाडीमाथि कारबाही गर्नु सुशासनको सकारात्मक संकेत हो । किनभने सुशासनको पहिलो आधार नै कानून सबैका लागि समान हुनु हो । सर्वसाधारणलाई मात्र नियम सिकाउने तर राज्य संयन्त्रभित्रका सवारी वा पदाधिकारीले नियम मिच्दा छुट पाउने अवस्था रह्यो भने कानूनप्रतिको नागरिक विश्वास कमजोर हुन्छ ।

तर, यस्तो कारबाही एकदुई घटनामा सीमित नभई नियमित, पारदर्शी र निष्पक्ष हुनुपर्छ । प्रहरी, सेना, सरकारी कार्यालय, संस्थान, जनप्रतिनिधि वा प्रभावशाली व्यक्तिका सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरे पनि उस्तै मापदण्डका आधारमा कारबाही हुन सके मात्रै यसलाई वास्तविक सुशासनको अभ्यास भन्न सकिन्छ ।

नेपाल प्रहरीको यो कदमले “नियम सबैका लागि बराबर” भन्ने सन्देश दिएको छ । अब चुनौती भनेको यही सन्देशलाई दैनिक व्यवहारमा उतार्नु हो । राजधानीको सवारी व्यवस्थापन सुधार्न ट्राफिक प्रहरीको सक्रियता मात्र पर्याप्त हुँदैन, सरकारी निकायदेखि आम नागरिकसम्म सबैले नियम पालना गर्ने संस्कार विकास गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *