🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
क्यानडाविरुद्ध गोल गरेपछि खुसी साट्दै स्विट्जरल्यान्डका खेलाडी ।

स्विट्जरल्यान्ड नकआउट चरणमा, क्यानडा पनि अगाडि बढ्यो !

घरेलु मैदानमा क्यानडा २–१ ले पराजित, बोस्नियाको सम्भावना कायमै !

काठमाडौं, ११ असार । स्विट्जरल्यान्ड फिफा विश्वकप-२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार भएको समूह ‘बी’ को निर्णायक खेलमा घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड समूह विजेता बनेको हो ।

स्विट्जरल्यान्डको जितमा रुबेन वर्गास र जोहान मान्जाम्बी नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएलगत्तै स्विट्जरल्यान्डले खेलमा अग्रता लिएको थियो । खेलको ४६औँ मिनेटमा वर्गासले गोल गर्दै टोलीलाई १-० ले अघि बढाए ।

त्यसपछि ५७औँ मिनेटमा मान्जाम्बीले गोल थप्दै स्विट्जरल्यान्डको अग्रता २-० मा पुर्‍याए । दुई गोलले पछि परेको क्यानडाले खेलमा फर्कने प्रयास भने जारी राख्यो । ७६औँ मिनेटमा वैकल्पिक खेलाडी प्रमिस डेभिडले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरे पनि बाँकी समयमा थप गोल हुन नसक्दा क्यानडा २–१ ले पराजित भयो ।

यो जितसँगै स्विट्जरल्यान्डले तीन खेलबाट सात अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्‍यो । पराजयका बाबजुद क्यानडा पनि चार अंकसहित समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । समान चार अंक रहेको बोस्निया एन्ड हर्जगोभिना गोलअन्तरका कारण तेस्रो स्थानमा रह्यो ।

समूह ‘बी’ कै अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलअन्तरले हरायो । जितसँगै बोस्नियाले तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । एक अंकमै सीमित कतार भने प्रतियोगिताबाट बाहिरिएको छ ।

क्यानडाका लागि यो हार पीडादायी भए पनि ऐतिहासिक उपलब्धि पनि हो । घरेलु मैदानमा समूह विजेता बन्ने अवसर गुमाए पनि क्यानडा विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको छ । उता, स्विट्जरल्यान्डले दबाबपूर्ण खेलमा संयमित प्रदर्शन गर्दै समूह विजेताको हैसियतमा अगाडिको यात्रा तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *