🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व अर्थमन्त्री पौडेल पक्राउसँगै राजनीतिक वृत्तमा तरंग, को-को छन् अनुसन्धानको घेरामा ?

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको दाबी गरिएको छ। समाचार स्रोतका अनुसार उनलाई नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा राखिएको र मिति २०८३ असार ९ गते मंगलबार काठमाडौँ ल्याउने तयारी गरिएको बताइएको छ।

यस अघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित बयान र कागजातका आधारमा पूर्व अर्थमन्त्री पौडेलमाथि अनुसन्धान भइरहेको स्रोतको दाबी छ। भट्टबाट विष्णु पौडेलसहित धेरै शीर्ष राजनीतिज्ञहरूसँग शंकास्पद कारोबार पुष्टि हुने कागजातहरू बरामद भएको विभागका एक अधिकारीले बताएका छन् ।

यसैबीच, पौडेलका पूर्व स्वकीय सचिव एम. पाण्डे सम्पर्कविहीन रहेको बताइएको छ। यसैगरी पूर्व अर्थमन्त्री रहेका जनार्दन शर्मा पनि पक्राउ पर्न सक्ने अनुमान गरिएको छ । पक्राउ परेका व्यवसायी भट्टसँग शर्माको पनि शंकास्पद कारोबार रहेको कागजात भेटिएको बताइएको छ ।

सम्बन्धित निकाय तथा व्यक्तिहरूको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *