🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवतीलाई खु कुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्रा उ !

दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर डर–धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिएका थिए । सोही क्रममा युवतीमाथि कुटपिट गरिएको भिडियो मंगलबार बेलुका करिब ८ः३० बजे उनले आफ्नै फेसबुक आइडीमार्फत सार्वजनिक गरेका थिए ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी तत्काल सक्रिय भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति करिब १०ः४० बजे मगरको घरमा खानतलासी गर्दा लागुऔषधका रूपमा दुरुपयोग हुने विभिन्न ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरिएको छ । बरामद औषधि तथा घटनामा उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोही क्रममा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । खत्रीको घटनासँगको सम्बन्ध, भिडियो निर्माण तथा सामाजिक सञ्जालमा प्रसारणमा उनको भूमिका भए/नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले सार्वजनिक भिडियोमा देखिएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । खुकुरी देखाएर डर–धम्की दिनु, युवतीमाथि कुटपिट गर्नु र त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नु कानूनविपरीत कार्य भएको भन्दै प्रहरीले घटनामा संलग्न सबै पक्षमाथि अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीका अनुसार पीडित युवतीको अवस्थाबारे पनि बुझ्ने काम भइरहेको छ । घटनाको वास्तविक कारण, भिडियो खिचिएको समय, स्थान, घटनामा अन्य व्यक्तिको संलग्नता र पीडितमाथि परेको असरबारे विस्तृत अनुसन्धानपछि थप कानूनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा हिंसा, धम्की, कुटपिट तथा आपराधिक प्रकृतिका गतिविधि प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रहरीले यस्ता सामग्री पोस्ट गर्ने, सेयर गर्ने वा प्रचार गर्ने कार्यसमेत कानूनी कारबाहीको दायरामा पर्न सक्ने चेतावनी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनासम्बन्धी थप प्रमाण सङ्कलन, पीडित पक्षसँग समन्वय तथा बरामद लागुऔषधसम्बन्धी कानूनी प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *