🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परराष्ट्रमन्त्री शिशिर खनालले १४ देखि १७ जुनसम्म चीन भ्रमण गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी १४ देखि १७ जुनसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले चीन भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उनले चीनका परराष्ट्रमन्त्री वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । साथै उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग समेत भेटवार्ता गर्नेछन् ।

भ्रमण अवधिमा मन्त्री खनालले नेपाल दूतावास, बेइजिङद्वारा आयोजना गरिने लगानी सम्मेलनमा समेत सहभागिता जनाउनेछन् । उक्त सम्मेलनमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गरी नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्ने विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उनले दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागिता जनाउँदै चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनाल १७ जुनमा काठमाडौँ फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *