🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

रौतहटमा ९० लाखभन्दा बढीको अवैध फर्सीको बिउ बरामद

काठमाडौं । नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्ने तयारी अवस्थामा राखिएको ठूलो परिमाणको फर्सीको बिउ रौतहटबाट बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरीको संयुक्त टोलीले २०८३ जेठ २७ गते करिब ९० लाख ९६ हजार रुपैयाँ बराबरको फर्सीको बिउ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बोधीमाई नगरपालिका–७ स्थित झाँडा बैकुल टोल नजिक, नेपाल–भारत सीमावर्ती क्षेत्रमा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा उक्त फर्सीको बिउ फेला परेको थियो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा खानतलासी गर्दा ३२२ बोरा फर्सीको बिउ बरामद गरेको हो । बरामद बिउको जम्मा तौल १२ हजार ८८० किलोग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद फर्सीको बिउको अनुमानित मूल्य ९० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । प्रतिवोरा ४० किलोग्रामका दरले राखिएको उक्त बिउ नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्ने तयारीमा रहेको आशंका गरिएको छ ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यद्यपि, बरामद सामग्री नियन्त्रणमा लिने क्रममा स्थानीय स्तरमा तनावसमेत उत्पन्न भएको थियो । प्रहरीका अनुसार केही स्थानीयले अवरोध गर्नुका साथै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

ढुंगामुढा र तनावका क्रममा ३ जना स्थानीय र ३ जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

सीमावर्ती क्षेत्रबाट हुने अवैध निकासी–पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई कडाइ गरिएको जनाएको छ । पछिल्लो घटनाले रौतहटको सीमा क्षेत्रमा संगठित रूपमा अवैध सामान ओसारपसार हुने गरेको संकेत गरेको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *