🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पायल्स र सिफरको निःशुल्क शल्यक्रिया : पायल्स हुनुका कारण के के हुन् ?

तनहुँ, २४ जेठः प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा पायल्स र सिफरको निःशुल्क शल्यक्रिया गरिएको छ । भिमाद आयुर्वेद औषधालयमा सञ्चालन गरिएको शिविरमा रोग पहिचान भएका ४५ बिरामीलाई प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा झिकाई निःशुल्क शल्यक्रिया गरिएको हो ।

शल्यक्रियाका लागि नरदेवी अस्पतालबाट आउनुभएका शल्यविज्ञ रमेश पौडेलको नेतृत्वमा प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका प्रमुख डा नारायण श्रेष्ठ, डा प्रशान्त श्रेष्ठ, डा स्मारिका बस्नेत र डा अस्मिता अधिकारीको टोली खटिएको थियो ।

पायल्स, फिसर र फिस्टुलालगायतको रोगबाट पीडितको शल्यक्रिया गरिएको चिकित्सालयका प्रमुख डा नारायण श्रेष्ठले बताउनुभयो । अस्वस्थ खानपान, व्यस्त जीवनशैलीका कारण यी रोगको सङ्क्रमण बढ्दै गएपछि आफूहरूले गण्डकी प्रदेश सरकारलाई प्रस्ताव गरेअनुसारको स्वीकृत कार्यक्रमबाट बिरामीको शल्यक्रिया गरिएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

भिमाद नगरपालिकाकी बिरामी मीनाकुमारी थापाले आफूले दुई वर्ष पहिले करिब रु ४५ हजार खर्च गरेर प्राइभेट आयुर्वेद क्लिनिकमा शल्यक्रिया गरे पनि रोग बल्झिएको कारण पुनः उपचार गराउन आएको बताउनुभयो । शिविर सञ्चालन गरी रोग पहिचानसहित शल्यक्रिया गरिएपछि बिरामीको चाप ह्वात्तै बढेको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईँले बताउनुभयो ।

शल्यविज्ञ रमेश पौडेलका अनुसार कब्जियत, असन्तुलित खानपान, अनियमित जीवनशैली तथा आहारविहारमा ध्यान नदिँदा गुद्वारसम्बन्धी रोगहरूको जोखिम बढ्दै गएको हो । समयमै परीक्षण र उपचार गराएमा यस्ता रोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *