🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशभर तापक्रम ह्वात्तै बढ्यो : काठमाडौंमा तापक्रम ३० डिग्री नाघ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौँ, २० जेठ : नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम आज बढेर ४१ डिग्रीसम्म पुगेको छ ।

विभागका मौसमविद् सरोज पुडासैनीले विस्तारै तापक्रम वृद्धिकै चरणमा रहेको जानकारी दिँदै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको जानकारी दिनुभयो । विभागमा अहिले राति प्राप्त तापक्रम मापनअनुसार आज सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ ।

यस्तै नेपालगञ्जमा ३९.५ र जनकपुरमा ३८.२ डिग्री तापक्रम मापन भएको छ । यस्तै सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री तापक्रम मापन भएको छ ।

यस्तै काठमाडौँमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम आज बढेर ३०.६ डिग्री मापन भएको छ । हाल नेपालको पश्चिम भू–भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

भोलि बिहीबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अभिलेख अनुसार आज कतैकतै वर्षा भएको र यो क्रम भने जारी नै रहने छ । आज काठमाडौँसहित केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *