🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चोरी भएका सवारी फिर्ता गर्दै ट्राफिक प्रहरी, ४० वटा धनीलाई बुझाइयो

काठमाडौँ, २० जेठ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा स्कुटर र मोटरसाइकल सम्बन्धित मालिकलाई जिम्मा लगाएको छ ।
सवारी हस्ताणतरण कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जथाभावी स्थानमा सवारी  पार्किङ नगर्न, आधुनिक सुरक्षा प्रणाली अपनाउन तथा ‘जीपीएस ट्र्याकिङ’ प्रणाली जडान गर्न सवारी धनीलाई आग्रह गर्नुभयो ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष वैशाखसम्ममा विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५९२ वटा स्कुटर र मोटरसाइकल फेला पारिएको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले सवारी धनीलाई सुरक्षित पार्किङ प्रयोग गर्न, सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न तथा जीपीएस जडान गरी सवारीको अवस्थाबारे नियमित निगरानी गर्न सुझाव दिएको छ ।
कार्यक्रममा सहभागी सवारी धनीहरूले लामो समयपछि आफ्ना हराएका सवारी साधन फेला पारिदिएकोमा ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन् ।
 –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *