🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कामपाको छात्रवृत्ति नतिजामा असन्तुष्टि : ३३१ जनाको पुनर्योग गर्न निवेदन

काठमाडौँ, २० जेठः छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन् ।

ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुने कामपा शिक्षा विभागले जानकारी दिएको छ । कामपा शिक्षा विभागले १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो ।

यस अवधिमा विवरण सच्याउनसहित विभिन्न माग राखेर विद्यार्थीहरूले आवेदन दिएका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएकामध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकाले सच्याइ पाउन निवेदन दिनुभएको छ ।

यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकाले सच्याउन माग गर्नुभएको खड्काको भनाइ छ । केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिनुभएको छ । समितिका सदस्य सचिव खड्काका अनुसार, यी मागहरू सम्बोधन गर्ने व्यवस्था छैन ।

विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ । सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ । उहाँ भन्नुहुन्छ, “हामी पुनर्योगको प्रक्रियामा छौँ । विगत वर्षहरूमा पुनर्योगमा त्रुटि देखिएको अनुभव छैन । ओएमआर सिटको कम्प्युटर प्रणालीबाट परीक्षण हुने भएकाले गलत नतिजा आउने सम्भावना न्यून रहन्छ ।”

कामपाले लिएको यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको कामपाको भनाइ छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *